प्रमुख समाचार

चीनमाथि थप शुल्क लगाउनुपर्छ : डोनाल्ड ट्रम्प

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि थप अतिरिक्त शुल्क लगाउनुपर्ने बताएका छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा आफूले जितेमा चीनमाथि थप महसुल लगाइने उनले बताएका हुन् । फक्स न्यूजलाई दिइएको एक अन्तरवार्तामा ट्रम्पले महसुल बढीमा ६० प्रतिशतसम्म हुन सक्ने बताएका थिए । ‘हामीले यस्तो गर्नै पर्छ’ आइतबारको सो अन्तरवार्तामा उनले भने । रिपब्लिकन पार्टीबाट ट्रम्प अहिले राष्ट्रपतिका निर्वाचनका लागि प्रबल दाबेदार हुन् । तर यिनमाथि सन् २०२० को चुनावी नतिजा उल्ट्याउने कोशिश गरेको समेतका कयौँ… पुरा पढौ

वडा प्रहरी कार्यालय वगरमा स्तनपान कक्ष स्थापना

पोखरा । वडा प्रहरी कार्यालय पोखरा— १ वगरमा स्तनपान कक्ष स्थापना गरिएको छ । महिला प्रहरी र सेवाग्राहीका वच्चाहरुलाई स्तनपान गर्न सहजता गर्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो । स्तनपान कक्षको सोमबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधानले संयुक्त रुपमा उद्घाटन गरे । पोखरा महानगर पालिका वडा नं. १ र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५ रुपैयाको लागतमा… पुरा पढौ

डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको दौडमा बाइडेन अगाडि

वाशिङटन डीसी । अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति निर्वाचन अघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीभित्र उम्मेदवार चयनका लागि निर्वाचन भइरहेको छ । यहि क्रममा नेपाली समयअनुसार आइतबार बिहान साउथ क्यारोलिना राज्यको प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेनले जित हात पारेका छन् । न्यूयोर्क टाइम्समा छापिएको खबरका अनुसार बाइडेनले साउथ क्यारोलिनामा अश्वेत मतदाताको मत पाएका छन् । २०२० मा पनि बाइडेनलाई राष्ट्रपति बनाउन यहाँका मतदाताले महत्त्वपूर्ण भूमिका खेलेका थिए । डेमोक्रेटिक पार्टीका अनुसार साउथ क्यारोलिनामा बाइडेनलाई मतदान गर्ने अश्वेत… पुरा पढौ

अमेरिकामा रोजगारी सृजना बढ्यो, ज्यालामा पनि वृद्धि

वाशिङटन डीसी । अमेरिकामा रोजगारी सृजना बढेको छ । त्यहाँको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको महिना अमेरिकी अर्थतन्त्रले ३ लाख २५ हजार नयाँ रोजगारी सृजना गरेको छ । पछिल्लो तथ्यांकले अर्थतन्त्रमा सुस्ती छाइरहेको प्रक्षेपणलाई गलत साबित गरिदिएको छ । योसँगै बेरोजगारी दर पनि ३ दशमलव ७ प्रतिशतमा रहेको छ । जनवरीको रोजगारी सृजना अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा धेरै हो । सन् २०२२ मा ब्याजदर बढाइएयता अर्थतन्त्र सुस्ताउने भविष्यवाणी अर्थशास्त्रीहरूबाट आइरहेको थियो । तर पछिल्ला महिनाहरूमा अर्थतन्त्रले अपेक्षा गरिएभन्दा धेरै… पुरा पढौ

फागुन १ र २ गते हेम्जा वोर्डिङले विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने

पोखरा । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन १ र २ गते दुइ दिन वार्षिकोत्सव मनाउनका लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिनुभयो । ‘विश्वव्यापी महामारी कोरनाका कारण लामो समय विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन सकेन’ प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं ।’ कार्यक्रममा विगत ४ वर्षको शैक्षिक तथा २ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृति कार्यक्रम रहेको छ ।… पुरा पढौ

आहारारा पोखरा गोल्डकपको उपाधि पहिलो पटक आर्मीलाई

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ । प्रतियोगिताको २३औँ संस्करणमा शनिबार भएको फाइनलमा आर्मीले पहिलो पटक आहा रारा उपाधि जितेको हो । आर्मीले १२ लाख एक हजार रुपियाँसहित ट्रफी हात पारेको छ । सहारा क्लबको आयोजनामा हुने आहा रारामा आर्मीले पाँच वर्षअघि थ्रीस्टारसँग फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । आर्मी यसअघि आहा रारामा चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन । उपविजेता बनेको थ्रिस्टारले छ… पुरा पढौ

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो । रासस पुरा पढौ

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

त्रिशूली (नुवाकोट) ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उहाँका आफन्त उद्धव हुमागाँईले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। ककनी गाउँपालिका र उहाँको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो। बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ। उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने… पुरा पढौ

नेपाली कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ । समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः १. अर्थ समिति – रामनाथ अधिकारी २. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का ३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल ४. कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव ५. कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा ६. महिला तथा सामाजिक मामिला समिति – आशा विक… पुरा पढौ

अमेरिकामा बिक्री गरिएका २२ लाख कार फिर्ता गर्दै टेस्ला

उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ। अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ। यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०२४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन्। ब्रेक, पार्क र एन्टिलक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com