वडा प्रहरी कार्यालय वगरमा स्तनपान कक्ष स्थापना

-


     नेपालय न्युज    
     माघ २२ गते २०८०


पोखरा । वडा प्रहरी कार्यालय पोखरा— १ वगरमा स्तनपान कक्ष स्थापना गरिएको छ ।

महिला प्रहरी र सेवाग्राहीका वच्चाहरुलाई स्तनपान गर्न सहजता गर्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो ।

स्तनपान कक्षको सोमबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधानले संयुक्त रुपमा उद्घाटन गरे ।

पोखरा महानगर पालिका वडा नं. १ र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५ रुपैयाको लागतमा स्तनपान कक्ष निर्माण भएको स्तनपान कक्ष निर्माण उपभोक्त समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए । स्तन कक्ष निर्माणमामा वडा वाट ८७ हजार २ सय २६ उपभोक्त समितिबाट ४२ हजार २ सय रुपैया संकलन भएकोमा अपुग २२ हजार २ सय ८७ रुपैया समाजसेवी सञ्जय अधिकारीले सहयोग गरेको उनले जानकारी दिए ।

उक्त स्तनपान कक्षमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यलय रामवजार पोखराका कर्मचारी पोखरा—२० भलाम निवासी चेतबहादुर खत्रीले स्वर्गीय वुवा क्या.गंगाबहादुर खत्रीको स्मृतिमा १४ हजार पाँच सय वरावरको फर्निचर सामान सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले कार्यलयमा आवश्यकता तथ ओझेलमा परेको काम वडा प्रहरी कार्यालय वगरमा थालनी भएको भन्दै खुशी व्यक्त गरे ।

‘प्रहरी संगठनमा ११ प्रतिशत महिला प्रहरी रहेका छन् कास्कीका मात्रै १ सय ४४ जना महिला प्रहरी रहेका छन्’ उनले भने, ‘महिला प्रहरी मात्रै नभए कार्यलयमा आउने सेवाग्राहीले पनि यस्ता खालका कक्ष उपयोगि हुने छ ।’

सरकारी तथा सार्वजनिक स्थानमा स्तनपान कक्ष वनाउनु पर्ने कानुनमानै व्यवस्था भएको बताउदै यहाँको सिको अरु निकायले पनि गर्नु पर्ने सुझवा दिए ।

पोखरा महानगर पालिका वडा नं.१ का वडा अध्यक्ष शाहारा प्रधानले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षको स्थापना गरेको बताउँदै महिला प्रहरी तथा सेवाग्राहीलाई यसले सहजता महशुश गर्ने आफुले विश्वास लिएको बताए ।

वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सहयोगी सवैलाई धन्यावाद दिदै वडलाई महिलामैत्री सगै आम नागरीकलाई स्तरी सेवा दिन वडा सधै कटिवद्ध रहेको उल्लेख गरे । उनका अनुसार हाल वडाको माताहातमा १५ जा महिला प्रहरी रहेका छन् ।

यस अघि यस समितिले प्रहरी अधिकृत तथा जवान व्यारेक, शौचालय, भगवती मन्दीर, कार्यालय परिसर ढलान, महिला व्यारेक, कन्ट्रोल रुम लागयतका संरचना निर्माण गरिसकेको छ ।

स्तनपान कक्ष निर्माण उपभोक्त समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामविक्रम राण प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बोलेका थिए।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com