प्रमुख समाचार

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन,कार्यसमितिमा पनि सबै निर्विरोध

काठमाडौँ । व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ ओं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अध्यक्ष करण चौधरीसहित १७ जना केन्द्रीय समिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् । यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश… पुरा पढौ

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्यून उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त… पुरा पढौ

सन् २०२३ लाई फर्केर हेर्दा

एजेन्सी । अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ । अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले… पुरा पढौ

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, पुस १६ गते । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला [बिपी] लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ । यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर… पुरा पढौ

भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको अधिवेशन सम्पन्न

पोखरा । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यान बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसर्मत चयन गरेको छ । समितको उपाध्यक्षमा प्रेम बहादुर खत्री, महासचिबमा विष्णु मायाँ खत्री सचिवमा मेजन बहादुर खत्री कोषाध्यक्षमा गणेश बहादुर खत्री त्यसैगरी सदस्यहरुमा नारन बहादुर खत्री,श्याम बहादुर खत्री,सरस्वती खत्री,कमल खत्री,महेन्द्र बहादुर खत्री र नवराज केसी रहेका छन् । कार्यक्रमको उद्दघाटन गद्र्रे भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाका अध्यक्ष केशव… पुरा पढौ

अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

वासिङ्टन । ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा र एन्टी–ट्याङ्क हतियारहरू रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाको संसद्ले अनुमति दिनुअघिको यो अन्तिम सैन्य सहायता हो । हाल यस विषयमा छलफलमा गतिरोध देखिएको छ । यसअघि युक्रेनले थप सैन्य सहायता नपाए युद्धमा आफ्नो प्रयास जोखिममा रहेको बताउँदै आएको थियो । अमेरिका र युरोपबाट थप सैन्य सहायतामा ढिलाइ हुँदा पूर्वमा युक्रेनको जवाफी कारबाही… पुरा पढौ

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत… पुरा पढौ

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौँ : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, पुस १२ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘२०७७ चैत्र १७ मा निर्देशन दिइएको छ । लेखा समितिले दुई तीन वटा निर्देशन कडा रूपमा दिएको छ । नेविप्राबाट डेडिकेटेड लाइनको हकमा प्राधिकरणका सञ्चालक समितिको ७२–३–१२… पुरा पढौ

राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने

कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ। कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर यो भ्रमणको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए। अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २०… पुरा पढौ

हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल

गलकोट, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com