प्रमुख समाचार

मानहानि मुद्दामा ट्रम्पले ८.३३ करोड डलर तिर्नुपर्ने

वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो। यस मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पुर्‍याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ । निर्णय पछि क्यारोलले यो महिलालाई अपमानित गर्ने प्रयास गर्ने प्रत्येकका लागि ठुलो हार भएको बताइन्… पुरा पढौ

अमेरीकी स्टक एक्सचेन्ज नास्डाकमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समिर मास्केले स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्स अमेरिकाको यूएस स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । यसका लागि फ्युजमेसिन्स र नास्डाकमा सूचीकृत कम्पनी सीएसएलएम एक्विजिसन कोर्पबीच हालै मर्जर सम्झौता भएको छ । यो सम्झौता कम्पनीको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको मास्केले बताएका छन् । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ । मर्जर सम्झौतापछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो… पुरा पढौ

प्रथम महिलाको डियोर ब्यागका कारण दक्षिण कोरियाको राजनीति तरङ्गित

एजेन्सी । दक्षिण कोरियाकी फर्स्ट लेडी किम योन ह्वीले महँगो ब्याग उपहार लिँदा राष्ट्रपति योन सुक इउल तनावमा परेका छन् । अप्रिलमा हुन गइरहेको संसदीय निर्वाचनमा फर्स्ट लेडीको विलासी शैली आफुलाई प्रत्युत्पादक बन्नसक्ने चिन्ताले उनी तनावमा परेका हुन् । फस्ट लेडी किमले २२ सय डलर मूल्य बराबरको ‘क्रिस्टिन डिओर’ ब्रान्डको ब्याग उपहारस्वरुप लिएको भिडियो सार्वजनिक भएसँगै राष्ट्रपति इउल तनावमा रहेको टाइमले जनाएको छ । राष्ट्रपतिको दल पिपल पावर पार्टीमा फस्ट लेडीको विलासित राजनीतिक एजेण्डा बनेको छ । यो ब्याग भने… पुरा पढौ

अफगानिस्तानलाई रोक्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं। नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो। १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो । नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाउनुभएको हो। ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोड्नुभयो।… पुरा पढौ

पर्यटकको रोजाइमा पर्न थाल्यो खरले छाएको घर

चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः जसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन्। इच्छाकामना-२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्‍याएनन् । उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए। पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन् । फिस्लिङ(शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले… पुरा पढौ

राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

फ्लोरिडा । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् । डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । बहुसङ्ख्यक रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको उनको भनाई थियो । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् । उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको दाबी समेत… पुरा पढौ

अमेरिकामा हिम आँधी : मर्नेको सङ्ख्या ८९ पुग्यो

वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा देशभरमा विगत एक हप्तामा ठुलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मर्नेको सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ । देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खाने पानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको खबरहरू आइरहेका… पुरा पढौ

गौ सेवाका लागि महायज्ञ सुरु,५८ लाख बढी रकम सङ्कलन

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु।५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा ९वात्सायन क्षेत्र० मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन रु।७२ हजार ८३०, दोस्रो दिन रु।२ लाख ३४ हजार २ सय, तेस्रो दिन… पुरा पढौ

अदालतले पनि मधेशलाई न्याय दिएन : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गर्नुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेशलाई साथ नदिएको बताउनुभयो । उहाँले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदको बिरुद्ध फेरि… पुरा पढौ

अमेरिकी राष्ट्रपति चुनाव: पछि हटे रामास्वामी, ट्रम्पलाई सघाउने वाचा

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने घोषणा गरे । उनले आगामी निर्वाचनमा ट्रम्पलाई सघाउने वाचा गरेका छन् । समर्थकलाई सम्बोधनका क्रममा रामास्वामीले भनेको कुरा उद्दृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘मेरा लागि राष्ट्रपतिको उम्मेदवार हुने बाटो अब बन्द भएको छ र यो मुलुकमा म जस्तै पृष्ठभूमिका व्यक्ति उम्मेदवार भएको हेर्न कसैले चाहदैन पनि ।’ सोमबार भएको आन्तरिक चुनावमा ट्रम्पले फराकिलो अन्तरको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com