प्रमुख समाचार

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । राजनितिक आस्थालाई केन्द्र मानेर प्रेस चौतारीका नेता र सम्मानित अग्रज र समग्र पत्रकार कै मानहानी हुने गरि पठाइएको उक्त नामाबली कुनै हालतमा स्विकार्य नहुने प्रेस चौतारीका केन्द्रिय सचिब सुष्मा पौडेलले उल्लेख गरिन। शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश… पुरा पढौ

इन्डिगोलाई ३० लाख जरिवाना, ६ महीनामा विमानको पछाडिको भाग ४ पटक जमिनमा ठोक्कियो

भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले शुक्रवार इन्डिगोलाई ३० लाख रुपैयाँ जरिवाना लगाएको छ । एयरबसको ए ३२१ विमानमा ६ महीनाभित्र चार ओटा टेल स्ट्राइक गरेको गल्तीका कारण एयरलाइन्सलाई जरिवाना लगाइएको हो । विशेष लेखापरीक्षणले एयरलाइन्सको सञ्चालन, तालिम, इन्जिनियरिङ र उडान डाटा व्यवस्थापन कार्यक्रमहरूको कागजात र प्रक्रियाहरूको समीक्षा गरेको थियो। नियामकको लेखापरीक्षणले सञ्चालन, प्रशिक्षण प्रक्रिया र इन्जिनियरिङ प्रक्रियाहरूसम्बन्धी कागजातहरूमा केही प्रणालीगत कमजोरीहरू देखाएको थियो । यसपछि डीजीसीएले इन्डिगोलाई कारण देखाऊ नोटिस जारी गरेको थियो । उड्डयन नियामकले एयरलाइन्सको जवाफलाई विभिन्न… पुरा पढौ

‘हिमाली हीरा’ बेचेर करोडौं आम्दानी, एकै परिवारले महीनामै कमायो २१ लाख !

मुगु । ‘हिमाली हीरा’ भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौं रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरूले भने गाउँमा करोडौं रकम भित्र्याइरहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुला गरेको थियो । यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै… पुरा पढौ

तायाःमचा प्रतियोगिताको तयारी तिव्र

पोखरा , यस वर्षको तायाःमचा प्रतियोगीता रानीपौवामा हुने भएको छ । प्रतियोगिताको तयारी स्वरुप सचिवालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पोखराका सवै नेवार सुमुदायअन्र्तगतका टोल टोलका सस्थाहरुले सो प्रतियोगितामा भाग लिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे जानकारी दिए । सचिवालयको उद्घाटन गर्दै नेवाखलःकास्कीका अध्यक्ष पालिखेले तायामचाःप्रतियोगीताको तयारी तिव्र पारीएको वताए । नेवारी सस्कृतीको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पनिअध्यक्ष पालिखेको भनाई रहेको छ । नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कीयोस भनेर नेवाखलःकास्कीको सहयोगमा विभिन्न स्थानका नेवार… पुरा पढौ

एमालेले प्रदेश कमिटीको अधिवेशन मिति तोक्यो, असोजको दोस्रो साताभित्र सबै प्रदेशको अधिवेशन सक्ने तालिका

काठमाडौं । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका जनाएको छ । जस अनुसार कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा हुनेछ । यसैगरी लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा,कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशनको लागि मिति… पुरा पढौ

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर, ‘सभामुख गौतमको हस्ताक्षर त्रुटिपूर्ण’

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटिपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा… पुरा पढौ

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ । तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या… पुरा पढौ

एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनबाट आगामी कार्यकाल २०२३–०२५ का लागि अध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्ष निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा अमृत गुरुङ सचिवद्वयमा रविन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दीपक तामाङ, सह–कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजकमा सञ्जु नगरकोटी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा सचिन कपाली, दिलिप खड्का, हर्कजंग गुरुङ, सन्दीप… पुरा पढौ

आलोचना धेरै हुन्छहोला भनेको कम आलोचना भयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचेपनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कांग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कांग्रेसमा सबै एक सय एक… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

काठमाडौं, साउन १० गते। यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो। सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो, यसका लागि धन्यवाद।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो। सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com