प्रमुख समाचार

‘निज्जर हत्याको गोप्य जानकारी अमेरिकाले क्यानडालाई दिएको थियो’

न्यूयोर्क । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याको बारेमा क्यानडालाई गुप्तचर जानकारी दिएको थियो । न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै क्यानडाले कसैको कुराकानी सुनेपछि निज्जरको हत्यामा भारतको 'सम्भावित' भूमिका बलियो बनेको दाबी गरेको छ। शनिबार क्यानाडामा रहेका अमेरिकी शीर्ष कूटनीतिज्ञले फाइभ आइज सहयोगीहरू (अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्ड) बीच साझा गरिएको गोप्य जानकारीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भारतविरुद्ध आक्रामक आरोप लगाउन बाध्य पारेको पुष्टि गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सोमबार क्यानडाको… पुरा पढौ

पोखरामा बन्दै गरेको झण्डापार्क फराकिलो स्थानमा राख्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुन्छ की ?

रवीन्द्र माकाजू । पर्यटकीय नगरी पोखराको मुटु महेन्द्रपुल अर्थात् भीमसेनचोकमा अन्तर्राष्ट्रिय झण्डापार्क बन्दैछ, जो सबै पोखरेलीका लागि हर्षको विषय हो । लाग्छ यहाँ झण्डापार्क बनाउनुको आशय नेपाल घुम्न आएका पर्यटकलाई नेपालको असंलग्न परराष्ट्र नीतिको परिचय दिनु मात्र नभएर विश्वका हरेक नागरिकसँग नेपालीको ‘वसुधैव कुटुम्बकम्’ को परिचय दिनु पनि हो । अर्थात् जो नेपाल घुम्न आउँछन् उनीहरु यस स्थललाई भिजिट गरुन् जहाँ उनीहरुले आ–आफ्ना स्वदेशको झण्डा देखेर गौरवान्वित होऊन् । संसारमा कुनै मानिस त्यस्तो छैन जसलाई मातृभूमि मातृभाषा, भेषभूषा, झण्डा, संस्कृति,… पुरा पढौ

चापापानी सिद्वार्थ सहकारीको अध्यक्षमा कार्की

पोखरा ६ असोज । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम प्रसाद साँखी सचिवमा ईन्दिरा कोइराला कोषाध्यक्षमा ईन्द्रदत्त बराल रहेका छन् भने सदस्यहरूमा मनोहरि पौडेल,गुप्त वहादुर कार्की,बल वहादुर कार्की ,दान वहादुर बस्नेत,कल्पना कार्की,अनिता राना मगर,मनोज कार्की सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा चित्र प्रसाद दाहाल तथा सदस्यहरूमा चित्र प्रसाद आचार्य कृष्णराज पौडेल चयन भएका… पुरा पढौ

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौं, असोज ४ गते । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो । बैठकले नयाँ श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्ने, नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, श्रमिकको हक अधिकार… पुरा पढौ

चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता

चन्द्रलाल गिरी, संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम नेपाललाई उपलब्ध गराएको देखिन्छ। त्यसैगरी चीनले १ अर्ब ४ करोड २४ लाख ३१ हजार ५ सय ५५ र भारतले ९९ करोड ४१ लख ७ हजार ५ सय… पुरा पढौ

भलाममा ३० औं माधव स्मृति दिवस

असोज ४, पोखरा । पोखरा महानगर पालिका वडा न २० भलाममा सामाजिक अभियन्ता दिबङ्गत माधव प्रसाद पौडेलको स्मृतिमा स्थापित माधव प्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहिबार सम्पन्न भएको छ। कार्यक्रमको जि .स .स. कास्की प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। सो अबशरमा प्रमुख पौडेलले माधब पौडेल एक कर्मशिल र इमान्दार शैक्षिक ,सामाजिक एबम राजनितीक ब्यक्तित्व भएको स्मरण गर्दै उहाँले पूर्याउनु भएको योगदान चिरकालसम्म स्मरणीय रहने बताउनु भयो। पौडेलले उहाँलाई एक आदर्श शिक्षक… पुरा पढौ

शशांक र सुजातासामु शेखरको गुनासो : साथ दिएको भए सभापतिमा जित्ने थिएँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी नगरमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै उनले कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दु:ख पाइरहने दाबी गरे। उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्रै भर नपर्ने भन्दै देशभरका… पुरा पढौ

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

काठमाडौं । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलवार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रिएको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना शुरु गरेको हो । गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार ३४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी १ लाख ५७ हजार ३५४ शिक्षक… पुरा पढौ

पोखराबाट घनश्यामको चित्रा सुरु

काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ । सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ । फिल्मले एक रिटायर्ड बाबु र… पुरा पढौ

जनताले प्रत्यक्ष अनुभुत हुने खालको काम गर्न चाहन्छु –वडा अध्यक्ष लामिछाने

पोखरा । पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभुत हुने खालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् । पोखरा महानगरपालिका २८ कालिकामा निर्माण भएको गैराथर सिल्पा सडकको उदघाटन गर्दे वडा अध्यक्ष लामिछानेले भने महानगरपालिका भए पनि पोखरा २८ को अधिकांस भाग भुगोलको हिसावले विकट रहेकोले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको संकेत गर्दै हरेक विकास निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए । वडा अध्यक्ष लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com