बुद्व विशाल बजार व्यापारिक एशोसियसनको नेतृत्व विकास तथा क्षमता अभिवृद्वि कार्यक्रम

-


     नेपालय न्युज    
     पौष ३ गते २०७८


पोखरा ३ पौष । बुद्व बिशाल वजार व्यापारिक एशोसियसन पोखराले आफ्नो संस्थाका कार्यसमिति तथा उप समिताका सदस्यहरूलाई एकदिने नेतृत्व विकास तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न गरेको छ ।
तालिममा बोल्दै बुद्व बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले आवश्यकता अनुसार कदम चाल्ने र बोल्न सक्ने व्यक्ति नेता हुने बताए ।उनले सामाजिक समस्या बुझेर ठिक समयमा ठिक निर्णय लिन सक्ने गुण नेतृत्वमा हुनुपर्ने बताए । अध्यक्ष खत्रीले सफल उद्घोषकका कारण कार्यक्रम सफल हुने भन्दै संस्थाका पदाधिकारीहरुले तालिमपछि व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा गरे । एशोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले संस्थाको क्षमता विकासका लागि माग भएअनुसार नै तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिम उपयोगी भएको विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रशिक्षक भिम प्रसाद श्रेष्ठले तालिमका अवधिमा आधारभूत सीपमा जोड दिइएको भन्दै सहभागीले सिकेका कुरा व्यवहारमा अभ्यास गर्दै गएमा कुशल नेतृत्व विकास हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा सहभागीहरु पार्वती वस्ताकोटी,विष्णुप्रसाद अधिकारी,ईन्द्रमाया गुरूङ,सम्झना रेग्मी र सृजन श्रेष्ठले तालिमले बोल्ने आत्मविश्वासमा वृद्धि भएको
बताए । बुद्व बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका महिला उप समितकी संयोजक तथा कार्यक्रम सयोजक शान्ति श्रेष्ठ जोशीले स्वागत मन्तव्य राखेकी थिईन भने एशोसियसनका महासचिव बुद्वि बहादुर कुँवरले कार्यक्रम सन्चालन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com