भारतमा थपिए ७ हजार १४५ संक्रमित, २८९ जनाको मृत्यु

-


     नेपालय न्युज    
     पौष ३ गते २०७८


नयाँँदिल्ली (भारत) । भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जानकारी दिएको छ ।

यो संख्या पछिल्लो ५६९ दिन पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । प्रतिशतको हिसाबले पनि सक्रिय संक्रमितहरुको संख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको भनाइ छ । उनीहरुका अनुसार भारतमा कुल संक्रमित मध्ये शून्य दशमलव २४ प्रतिशत संक्रमितहरु अहिले पनि संक्रमित अवस्थामै रहेका हुन ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ । रासस/एएनआई

WP2Social Auto Publish Powered By : XYZScripts.com