दि इकोनोमिस्ट पेङ सुआइको कथाको सुखद् अन्त्य होला भनेर आशा गर्नु कठिन छ। यी चिनियाँ टेनिस स्टारले नोभेम्बर २ मा आफूभन्दा दोब्बर उमेरका पूर्व उच्चपदस्थ व्यक्तिले आफूसँग जबर्जस्ती यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। सिद्धान्ततः कम्युनिस्ट पार्टीले पदमा आसीन व्यक्तिका हरेक अनैतिक गतिविधिको निन्दा गर्छ। अनुकूल पर्दा पदच्यूत गरिएका अधिकारीहरुले विवाहेत्तर सम्बन्ध राखेको, घुस खाएको भन्दै प्रचार संयन्त्रहरुले तिनको आलोचना गर्छन्। तर, चीनका शासकहरु अझै पनि आफ्नो हैकम कायम गर्नमै ज्यादा चासो दिन्छन्। व्यवस्थाको कुन चाहिँ खराब पक्षलाई उजागर गर्ने…
पुरा पढौ