आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

-


     नेपालय न्युज    
     असार २ गते २०७९


अमेरिका, २ असार


आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७ रन बनाएका थिए ।छैटौं विकेटका लागि शेख र कामीबीच १ सय ६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए । बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । १६ खेलमा १५ अंक जोड्दै नेपाल लिग–२ मा पाँचौ स्थानमा छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com