स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी व्यवसाय संचालन गर्न पाउनुपर्छ : बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसन

-


     नेपालय न्युज    
     माघ ५ गते २०७८


मनोहरि पौडेल,
पोखरा । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुजाएको छ ।
कोभिडका कारण कास्कीमा रहेका व्यायाम व्यवसाय पूर्ण रुपमा बन्द हुदा व्यवसायी मारमा परेको भन्दै आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका अध्यक्ष राकेश जोशी नेत्रित्वमा गएको समितिको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई सात बुंदे प्रतिबद्वताहरू राखी ज्ञापनपत्र बुझाएको छ ।
एसोशिएसनको ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी आचार्यले व्यवसायीको पिर मर्का आफुले बुजेको भन्दै माघ १५ पछाडि केहि निर्णय आउने बताउदै यो स्वास्थ्य संकटको बेला केहि समय धैर्य गर्न आग्रह गरे ।
कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले खोप लगाएका सदस्यहरूलाई खोप कार्ड अनिवार्य देखाएर मात्र व्यायामशालामा प्रवेश गराउने, एक पटकमा जम्मा २५ जना मात्र प्रवेश गराउने, व्यायामशालामा प्रत्येक सिफ्ट पछि डिसईन्फेक्सन,पुर्णरूपमा सेनिटाईज र सरसफाई गरिने लगाएत कोरोना भाईरस बिरूद्व अपनाउनपर्ने अन्य सावधानीहरू अपनाईने प्रतिबद्वतामा उल्लेख गरिएको छ ।

कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले व्यायामलाई मनोरञ्जनको रूपमा नभई स्वास्थ्य जनशक्ति उत्पादन गर्नेर रोग प्रतिरोधात्मक क्षमता बुद्वि गर्ने रूपमा बुझिदिन एसोशिएसनले आग्रह गरेको छ ।
व्यवसाय बन्द हुँदा पनि बैंक र घरधनीले घरबहाल लिने गरेको हुदा व्यवसाय वन्द हुँदा निकै मार परेको व्यवसायीको भनाइ छ ।

कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका अध्यक्ष राकेश जोशीको नेतृत्वमा गएको टोलिमा सचिव नविन आले सह सचिव प्रकाश पौडेल कोषाध्यक्ष मनोज केसी सदस्य दिपक गहतराज लगाए अन्य सदस्यहरूको उपस्थिती रहेको थियो । एसोशिएसनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुजाए लगतै युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद परिषद्,जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापनपत्र बुजाएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com