खेलकूद

फिफा विश्व कप २०२२ : कतारको स्टेडियममा बियरको बिक्रीमा प्रतिबन्ध

कतारमा हुने विश्वकप फुटबलको खेलका क्रममा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारमा यस्तो निर्णय गरेको हो । मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने कडा कानुनको बाबजुद विश्वकप खेलका क्रममा स्टेडियममा तोकिएको क्षेत्रमा रक्सी पिउन अनुमति दिइएको थियो । तर, स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अझै पनि मदिरा पिउन अनुमति दिइएको छ । आइतबार कतार र इक्वेडरबीचको खेलबाट फिफा विश्वकप सुरु हुँदैछ । फिफाको… पुरा पढौ

२०१८ मै साढे ४ अर्ब डलर कमाएको फिफाले कतार विश्वपकपबाट कति कमाउँदै छ ?

व्यापार सरल छ । यदि तपाईं केही उत्पादन गर्नुहुन्छ जुन सबैले किन्न चाहन्छन् । तर, जसको लागि तपाईंलाई लगभग केही पनि लागत छैन, त्यसबाट पनि तपाईंले धेरै पैसा कमाउन सक्नुहुन्छ । त्यसको उदाहरण फुटबलको विश्व प्रशासकीय निकाय फिफा हो । उसले यसै गरी पैसा कमाउँछ । २०१८ मा रूसमा आयोजना भएको विश्वकपबाट फिफाले ४.६ बिलियन डलरभन्दा बढी कमाएको थियो । फिफाले विश्वकप आयोजक देशहरूको आयोजक समितिहरू, पुरस्कार राशी, टोली र सहयोगी कर्मचारीहरूको लागि यात्रा र आवास, साथै विकास गर्न मद्दत… पुरा पढौ

१० स्टार खेलाडी : जसले गुमाउन सक्छन् कतार विश्वकप

फिफा विश्वकपको मिति नजिकिँदै जाँदा समर्थकको नजर टोली र मुख्य खेलाडीमा केन्द्रित हुनथालेको छ। समर्थकको नजर खेलाडी र टोलीमाथि भए पनि एकपछि अर्को खेलाडी घाइते हुँदा टिम घोषणामा भने राष्ट्रिय टोलीलाई सकस पर्दै गएको छ। मुख्य खेलाडी घाइते हुँदा त्यसको असर विश्वकपमा पर्ने निश्चित छ। विश्वकप खेल्नु हरेक खेलाडीको ठूलो सपना हो। यस पटकको विश्वकप पनि केही मुख्य फुटबलरले चोटका कारण गुमाउने भएका छन्। खेलाडी जीवनमा चोट लाग्नु सामान्य भए पनि केही खेलाडी पुनरागमनको तयारीमा पनि छन्। भर्खरै लिग वानको… पुरा पढौ

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।… पुरा पढौ

बंगलादेशसँग नेपाल ३–१ ले पराजित

घरेलु टोली नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले उचालेको छ। साफ महिला च्याम्पियनसिपमा नेपाल पाचौँ पटक उपाधि नजिक पुगेर टाढिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो। दोस्रो पटक साफको फाइनल पुगेको बगंलादेशले उपाधि जितेको हो। यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाली टोलीले यो पटक पनि त्यो छविलाई हटाउन सकेनन्। बंगलादेशका लागि श्रीमती कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरिन्। खेलको… पुरा पढौ

म्यान्चेष्टर युटाइडेड किन्न लागेका हुन् मस्क ?

अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कले बेलायतको फुटबल क्लब म्यान्चेटर युनाइटेड (म्यान यु) किन्ने बताएका छन् । बुधवार उनले एक ट्विटमा यस्तो बताएका हुन् । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्ने प्रस्तावले कानूनी झमेला निम्त्याइरहेकै समयमा अब मस्कको आँखा म्यान यु तिर लागेको छ । उनले रिपब्लिकन पार्टीको आधा वाम पक्ष र डेमोक्रेटहरूको आधा दपिक्षणपन्थीहरूको समर्थन गर्ने ट्विटमा भनेका थिए । त्यसलगत्तै उनले अर्को ट्विटमा भने आफूले म्यान यू किन्न लागेको बताएका… पुरा पढौ

बिशाल सहकारीद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना

पोखरा । बिशाल बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजना गरिएको सातौ अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध बचत तथा ऋण सहकारीले जितेको छ । बिशाल बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजना गरिएको अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगितामा बुद्ध बचत तथा ऋण सहकारी संस्थाका दुर्गा राज बराल र उपेन्द्र श्रेष्ठको जोडी प्रथम हुदै नगद बिस हजार ट्रफि तथा प्रमाणपत्र हात पारेको थियो । प्रतियोगितामा मित्र मिलन सहकारीका अमृत श्रेष्ठ र हेमकृष्ण श्रेष्ठको जोडी द्दितिय हुदै नगद दश हजार र ट्रफि तथा प्रमाणपत्र… पुरा पढौ

२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ । विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यु योर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल गरी ११ सहरहरूमा हुनेछन् । मेक्सिकोका गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी तीन सहरहरुमा विश्वकपका खेल हुनेछन् ।… पुरा पढौ

आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

अमेरिका, २ असार आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७ रन बनाएका थिए… पुरा पढौ

नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागि कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले खेलाडी छनौट गर्ने

पोखरा । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागी जेठ ७ गते पोखरा रगंशालामा कास्की जिल्ला शारीरिक सुगठन खेलाडी छनोट गर्ने भएको छ । पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com