बिशाल सहकारीद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना

-


     नेपालय न्युज    
     असार २८ गते २०७९


पोखरा ।
बिशाल बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजना गरिएको सातौ अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध बचत तथा ऋण सहकारीले जितेको छ ।
बिशाल बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजना गरिएको अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगितामा बुद्ध बचत तथा ऋण सहकारी संस्थाका दुर्गा राज बराल र उपेन्द्र श्रेष्ठको जोडी प्रथम हुदै नगद बिस हजार ट्रफि तथा प्रमाणपत्र हात पारेको थियो । प्रतियोगितामा मित्र मिलन सहकारीका अमृत श्रेष्ठ र हेमकृष्ण श्रेष्ठको जोडी द्दितिय हुदै नगद दश हजार र ट्रफि तथा प्रमाणपत्र पाउन सफल भएका थिए । प्रतियोगितामा बिशाल सहकारीका शिव शर्मा र प्रदिप कुमार मुल्मी कर्मशिल सहकारीका शोभाखर भण्डारी र शुसिल पौडेलको जोडी तृतिय हुदै नगद पाँच हजार र ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।


यस अघि कार्यक्रमा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रुद्व नाथ बरालले यस्ता खालका प्रतियोगिताले सहकारी संस्थाहरु बिच सुमुधुर सम्वन्धको विकास हुने बताउदै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताए । बिशाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा खेलकुद उप समितिका संयोजक ईन्द्रराज अर्यालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहकारी खेलकुद उप समितिका सदस्य अम्वर वहादुर गुरूङले सहकारीका सात सिद्वान्त बाचन गरेका थिए भने सहकारीकी सचिव तारादेवी पराजुलीले कार्यक्रम सन्चालन गरेकी थिईन ।

WP2Social Auto Publish Powered By : XYZScripts.com