समाचार

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

गण्डकी, माघ १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रदेश प्रमुखलाई उहाँले लेख्नु भएको पत्रमा सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेर जिम्मेवारी तोकिएको उल्लेख छ। हरिबहादुर चमान भौतिक विकास तथा यातायात मन्त्रालय, सीताकुमारी सुन्दास आर्थिक मामिला, पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। अधिकारी गण्डकी… पुरा पढौ

विमान दुर्घटनापछि हवाई यात्रु घटे, भाडा पनि घट्यो

चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए ।… पुरा पढौ

महाबौद्धका फेन्सी व्यापारी भन्छन् – मध्य जाडोमा बोहोनीसमेत हुँदैन

काेमल शेरचन, काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् । तर हिङदेखि हर्दीसम्म पाइने काठमाडौंको प्रमुख व्यवसायीक थलो असन र महाबौद्धका न्यानो लुगाका व्यापारीहरु ग्राहकको अभावमा हाई काढेर बस्नु परेको गुनासो गर्छन । जाडो बढेपछि व्यापारमा पनि केही कमी भएको देखिन्छ । मध्यान्ह महाबौद्धका पसल खाली थिए । सधैं मानिसको ठेलमठेल हुने यस क्षेत्रका व्यापारी ग्राहकको प्रतिक्षामा बसिरहेका… पुरा पढौ

बैंकमा पैसा थुप्रियो, एकैदिन १२ अर्ब निक्षेप थपियो

बैंक तथा वित्तीय संस्थामा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप थप भएको देखिएको छ। जनवरी ११ मा ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जनवरी १२ मा ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप देखिएको हो। जसमा ११ अर्ब रुपैयाँ त वाणिज्य बैंकहरुको निक्षेप थप भएको देखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्ब थप भएको देखिएको हो। बैंकको कर्जा प्रवाह भने सोही एक दिनको अवधीमा ६ अर्ब रुपैयाँ मात्रै थप भएको देखिएको छ। यो तथ्याङक एक हप्ता अगाडि अर्थात् अर्धवार्षिक… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, कुन दलबाट को-को भए मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् । कुन दलबाट को-को भए ? एमालेबाट : विष्णु प्रसाद पौडेल- उपप्रधान तथा अर्थ मन्त्री पदम गिरी - स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री डा. विमला राई पौडेल - परराष्ट्र मन्त्री हरि उप्रेती - रक्षा मन्त्री ज्वाला कुमारी साह - कृषि तथा पशुपन्छी विकास मन्त्री भगवती चौधरी - महिला बालबालिका… पुरा पढौ

नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण, त्रुटि देखिएन

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए । परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि… पुरा पढौ

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको समाधान गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ। भेटका क्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन्। यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न… पुरा पढौ

पोखरा विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायबाट दुःख व्यक्त

पोखरामा आज भएको भयानक विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि गहिरो दुःख व्यक्त गरेको छ। घटनाप्रति रुस, भारत, चीन, पाकिस्तान र अमेरिकाले दुःख व्यक्त गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। सन्देशमा उनले नेपाल र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्। भण्डारीलाई पठाएको सन्देशमा उनले पुटिनले मृतकका परिवारजन र साथीप्रति सहानुभूति व्यक्त गरेका छन्। भारतका विदेशमन्त्री एस जयंशकरले पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको ट्वीटमा उल्लेख गरेका छन्। उनले मृतक… पुरा पढौ

यती जहाज दुर्घटना: केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधनले महासंघ स्तब्ध, १३ दिन शोक मनाउने

पोखरा। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको छ । उनको मृत्युप्रति नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत स्तब्ध भएको जनाएको छ । आज बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त भएको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम… पुरा पढौ

यती जहाज दुर्घटना: अमेरिकाबाट आएका राजनले घरको खुसी देख्नै पाउनु भएन

गण्डकी, माघ १ गते । पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ । दुर्घटनामा परेर दुई चिकित्सक दम्पतीको निधन भएको छ । वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान पोखराको सेती खोचमा बिहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उहाँहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन जानुभएको थियो।… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com