समाचार

अमेरिकामा वृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११ औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ यही जुलाइ ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक संजाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भूमिका… पुरा पढौ

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रबार असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार… पुरा पढौ

आगामी तीन दिन उच्च सतर्कता अपनाउन विज्ञको आग्रह

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन्। बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए। उनले भने, ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने… पुरा पढौ

यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रिय परिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताउनुभयो । उहाँले बैठकले किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन… पुरा पढौ

पोखरा महानगर र काठमाडौ महानगरका प्रमुख बीच भेटवार्ता

पोखरा ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाह बीच मंगलबार भेटवार्ता भएको हो ।भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् ।साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको… पुरा पढौ

नेकपा ब्यूँताउने गृहकार्य सुरु, एकता नभए चुनावी गठबन्धन

सागर न्यौपाने, पूर्वमाओवादी घटकबीचको एकताको प्रयास तीव्ररूपमा भइरहेकै बेला अन्य कम्युनिष्ट घटकबीच पनि गठबन्धन र एकता गराउने प्रयास शुरु भएको छ। स्थानीय तहको निर्वाचन परिणामपछि माओवादी केन्द्र, नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेबीच एकता प्रयास शुरु भएको हो। त्यसमध्ये माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेको स्रोतले जनाएको छ। संघीय निर्वाचनमा कम्तीमा दोस्रो शक्ति बन्नेगरी त्यसअघि एकता गर्न छलफल चलेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ… पुरा पढौ

समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिकाे ‘इन्ट्री’

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गरेकी हुन्। एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ। एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी,… पुरा पढौ

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्य अवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको हुनुहुन्थ्यो । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल… पुरा पढौ

ओलीको ज्योतिषविद्यामा चुक, ‘१७ असार’पछि पनि गठबन्धन टुट्ने सम्भावना कम

सीताराम बराल,चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको, गाउँघरमा प्रचलित एउटा उखानलाई टपक्क टिपेर बनाइएको एउटा गीत छ, ‘हिरा काट्ने हिरैमा राखेर, दुःख काट्ने दुखैमा हाँसेर…।’ यति भाका टिपेपछि गायक ढकाल अझ विरह लाग्ने गरी गाउँदै जान्छन्, ‘भन्न सजिलो, धेरै सजिलो। कसले पो बुझ्छ र मनको पहिरो!’ हिरा काट्न हिरा नै चाहिएजस्तै ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषविद्याकै डर देखाउनु पर्यो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाग्यो होला सायद। त्यसैले, चुनाव प्रचारका दौरान विराटनगर पुगेका एमाले अध्यक्ष… पुरा पढौ

काठमाडौं महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले सो नीति तथा कार्यक्रम पारित गरेको हो। बैठकमा नगर सदस्य तथा जनप्रतिनिधिले नीति तथा कार्यक्रमप्रति आवश्यक सल्लाह, सुझाव राख्नुभएको थियो। महानगरप्रमुख बालेन्द्र साहले सबैको सल्लाहलाई समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै नीति तथा कार्यक्रममा पारित भएको घोषणा गर्नुभयो। महानगरका विविध समस्या व्यवस्थापन गर्नुपर्ने भन्नुहुँदै शाहले घरबहाल कर प्राइभेट कम्पनीमार्फत् नभई महानगर अन्तर्गतको विभाग वा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com