नेपाल

सरकारले गरिबी घटाउने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, चैत ७ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताउनुभएको छ । अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको चर्चा गर्दै उहाँले त्यसलाई घटाउँदै शून्यमा झार्ने सरकारी योजना रहेको उहाँको भनाइ छ । पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गरिबिलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने बताउनुभयो । चीनले गरिबी शून्यमा झारेको दृष्टान्त… पुरा पढौ

एकीकृत समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो । तर अहिले कुनै छलफल नै नगरी उहाँ समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न जानुभयो’, सचिव जीवनराम श्रेष्ठले भने, ‘उहाँलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका छौ… पुरा पढौ

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति

लहान । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई… पुरा पढौ

ओलीसँग ५० वर्षदेखि सम्बन्ध छ, देश बनाउन पुराना कुरा बिर्सेँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका… पुरा पढौ

प्रचण्डले पाएको विश्वासभित्रको अविश्वास

रामबहादुर रावल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्, जुन अपेक्षित नै थियो। संसद्‌का दोस्रो (एमाले), तेस्रो (माओवादी), चौथो (रास्वपा), छैटौँ (जसपा) र सातौँ दल (एकीकृत समाजवादी) एक ठाउँमा उभिएपछि प्रधानमन्त्री प्रचण्डले १ सय ३८ मत भए पुग्नेमा १ सय ५७ अंकको सुविधाजनक बहुमत पाएका हुन्। नागरिक उन्मुक्ति पार्टीमा विवादका बाबजुद त्यस दलबाट शत प्रतिशत मत प्रचण्डका पक्षमा खसेको छ। अघिल्लो गठबन्धनको सरकार छँदा प्रधानमन्त्री प्रचण्डको चर्को आलोचनामा उत्रिएका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि यसपालि समर्थनमा… पुरा पढौ

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, फागुन ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो। शपथ ग्रहण समारोहमा… पुरा पढौ

तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डको पक्षमा उभिन सक्छन् १५७ सांसद

सागर न्यौपाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्। उनले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। २०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। उनले पुस २६ गते संसद्‍मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलको प्रचण्डले समर्थन पाए।   संसद्‍ बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको… पुरा पढौ

राष्ट्रपतिसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको शपथ

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो । राष्ट्रिय सभाको अध्यक्षका लागि मङ्गलबार… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । कुल ५११ मत खसेकोमा शर्माले ३२३ मत ल्याए भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै… पुरा पढौ

राप्रपाले चैत १६ गते काठमाडौँमा जनसंघर्ष गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेस गरेको ४० बुँदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै काठमाडौँमा बृहत् जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com