नेपाल

राष्ट्रपतिका जेलका साथी भन्छन् : पौडेल असाध्यै शालीन र सरल व्यक्ति

सिबी अधिकारी, काठमाडौँ, फागुन २९ गते । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ । “म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकोमा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो”, सापकोटाले भन्नुभयो । राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दूध पु¥याउने डिलप्रसाद सापकोटालाई पनि शपथग्रहण समारोहमा बोलाइएको थियो । घरायसी… पुरा पढौ

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो । रासस पुरा पढौ

स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको तालमेल, कुन क्याम्पस कसलाई?

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन विद्यार्थी सङ्गठनहरुले तामलेल गरेका छन्। त्रिविअन्तर्गतका क्याम्पसमा आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले नेकपा एमालेको अनेरास्ववियुविरुद्ध मोर्चा कसेका हुन्। यी संगठनले त्रिभुवन विश्वविद्यालय केनीद्रिय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तालमेल गरेका छन्। उपत्यका ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ। अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनमा तीन… पुरा पढौ

मर्स्याङ्दीवारिका प्रधानमन्त्री, पारिका राष्ट्रपति

आम निर्वाचन–२०७९ पछि निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका सन्दर्भमा एउटा रोचक संयोग जुर्न पुगेको छ। निर्वाचनमा सीमा जोडिएका निर्वाचन क्षेत्रबाट विजयी दुई शीर्ष नेताहरु यो निर्वाचनपछि प्रधानमन्त्री र राष्ट्रपति निर्वाचित हुन पुगेका हुन्। यसमध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पौडेल तनहुँ–२ बाट। राष्ट्रपति निर्वाचित भएसँगै पौडेलको प्रतिनिधि सभा सदस्य पद संविधानतः रिक्त भएको छ। सो निर्वाचन क्षेत्र प्रधानमन्त्री प्रचण्ड निर्वाचित गोरखा–२ सँग जोडिन्छ। प्रधानमन्त्री प्रचण्ड र ‘प्रेसिडेन्ट इलेक्ट’ (निर्वाचित तर कार्यभार सम्हालिनसकेका राष्ट्रपति) पौडेलको… पुरा पढौ

रामचन्द्र पौडेल बने नेपालको चौथो राष्ट्रपति

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल बिहीवार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ थिए । पौडेल नेपालको चौथो राष्ट्रपति हुन् । उनले ३३ हजार ८०२ मत पाएका थिए । उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन् । एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मत पाए । उनको पक्षमा भने ९८ संघीय सांसद र १६२ प्रदेश सांसदले… पुरा पढौ

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ दिनुभएको हो। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको स्पष्ट पार्नुभयो। एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप… पुरा पढौ

द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ, फागुन २१ गते । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको हो । आदेशमा शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाई यस्ता… पुरा पढौ

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण छ : प्रवक्ता शर्मा

काठमाडौं। सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो। सरकारका प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न… पुरा पढौ

कांग्रेस सांसद गुरुङ भ्रष्टचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण २५ गते हुने

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टचारको मुद्दामा दोषी ठहर भएका छन्। भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो। गुरुङलाई के कति सजाय हुने भन्ने फागुन २५ गते निर्धारण हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए। यो मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषि ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५… पुरा पढौ

मेयर बालेन्द्रलाई कसले दियो धम्की?

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार लेखेको यही फेसबुक स्टाटसले तरङ्ग ल्याएको छ। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पछार्दै मेयरमा विजयी बालेन्द्रबारे देशभरबाट चासो व्यक्त हुने गरेको छ। स्वतन्त्र उठेर मेयर जितेका स्ट्रक्चलर इन्जिनियर शाहको राजीनामा मागिएको विषयमा अहिले पक्ष विपक्ष दुवैमा प्रतिकिया आएका छन्। आइतबार दिउँसोसम्म उनको स्टाटसमा २२ हजार बढीले कमेन्ट गरिसकेका छन्। करिब ९ हजार जनाले यो पोस्ट सेयर गरेर… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com