नेपाल

पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम

शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ। फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरुका सैनिक सहभागी रहेका छन्। तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताए। उनकाअनुसार शान्ति सेनामा निकट… पुरा पढौ

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन काठमाडौंमा

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइपुगेकी छन्। दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौं आइपुगेकी हुन्। दुई दिनदेखि काठमाडौंमा रहेका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो सोमबार नै साँझ फर्किएका छन्। उनी अमेरिकी वायुसेनाको विशेष विमानमा श्रीमती र १७ जनाको टोलीसहित शुक्रबार काठमाडौं आइपुगेका थिए। यी सैन्य अधिकारी जाने दिन नै अमेरिकी उप-सहायक विदेशमन्त्री काठमाडौं उत्रिएकी हुन्। उनी नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा शर्माको उम्मेदवारी

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुन् । यहि फागुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेको शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको राष्ट्रिय तथा… पुरा पढौ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १२ गते। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्त्वका योजना मात्र सङ्घमा राख्छौँ। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा शर्माको उम्मेदवारी

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुन् । यहि फागुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेको शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको राष्ट्रिय तथा… पुरा पढौ

अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा… पुरा पढौ

महासमिति बैठकमा प्रदेश सभापतिको सुझाव : कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ

ललितपुर,फागुन १० गते। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनुभएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उहाँहरूले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउनुभएको हो। छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता र चासोका विषयमा छलफल भएको जानकारी गराउनुभयो। उहाँले… पुरा पढौ

पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् भन्दै न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकहरूको… पुरा पढौ

अमेरिकामा हुने लाटोकोसेरो महोत्सवमा नेपालका बरालको फोटोभिडियो प्रदर्शनी हुने

न्युयोर्क, अमेरिका । अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ । ‘अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र… पुरा पढौ

कांग्रेसका सबै तहका उम्मेदवार ‘प्राइमरी इलेक्सन’बाट छानौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै तहका उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ प्रस्ताव गरेका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्ने व्यवस्था प्रस्ताव गरेका हुन्। ‘पार्टीको विधानले तल्लो तहका कार्य समितिहरूबाट प्रारम्भिक सिफारिस र राय सहित निर्णय गर्ने तहमा पुऱ्याउने अनि निर्णय गर्ने निकायले विधानले तोके बमोजिमको समिति बनाएर उम्मेदवार चयन गर्ने व्यवस्था गरेको छ’, उनले भनेका छन्, ‘अब यही व्यवस्था र अभ्यासलाई… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com