नेपाल

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन असार १६ देखि २० गतेसम्म हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो। बुधबार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताउनुभयो। असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताउनुभयो।उहाँले संगठनको तलबाट माग भए बमोजिम र जिल्ला संगठनबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,… पुरा पढौ

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

वासिङ्गटन डिसी । अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरू पहिचान गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्टन डिसीमा आयोजना गरेको राउण्ड टेबल छलफलमा सो आग्रह गर्नुभएको हो । कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्जली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राख्नुभएको थियो ।… पुरा पढौ

समीकरण ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा बनेको नयाँ सत्ता समीकरण ढाल्न षडयन्त्र भइरहेको उहाँको भनाइ छ । मंगलबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अहिले बनेको नयाँ समीकरण भत्काउन देशी–विदेशी प्रतिक्रियावादीले षडयन्त्र गरिरहेका दाबी गर्नुभयो । ‘हामीले यसलाई अनौठो भने मानेका छैनौँ’ उहाँले भन्नुभयो । देशलाई सही दिशा प्रदान गर्न नयाँ समीकरण बनेको र यसलाई विदेशी शक्तिले नरुचाएको उहाँले टिप्पणी गर्नुभयो… पुरा पढौ

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास… पुरा पढौ

एनआरएनए विवादः २०७८ पछिका सबै समिति अमान्य, एकता महाधिवेशन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै समिति गैरकानुनी घोषणा गरिदिएको छ। साथै एकता महाधिवेशन गराउन ७ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको इजलासले यो निर्णय गरेको हो। निर्देशनात्मक आदेशको पहिलो बुँदामा सर्वोच्चले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको मिति ०७८।१०।०१ मा सम्पन्न ८१ औं बैठकले गठन गरेको उच्च स्तरीय समितिलाई यथावत् कायम राख्ने भनिएको छ।   उक्त समितिमा विनोद कुँवर नेतृत्वको समितिको अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः… पुरा पढौ

मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त

हेटौँडा, चैत १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो । नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । ११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा… पुरा पढौ

अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो

मेलबर्न । अस्ट्रेलियाले विदेशी विद्यार्थीसम्बन्धी भिसा नियम कडा बनाएको छ । आप्रवासी सङ्ख्या कीर्तिमानी उचाइमा पुगेको सरकारी तथ्याङ्कले देखाएकै समयमा अस्ट्रेलियालेले नियम कडा बनाएको हो । नयाँ नियम मार्च २३ देखि लागू भएको छ । यो नियमले विद्यार्थी भिसामा आउनेहरूको अङ्ग्रेजी भाषाको मापदण्ड कडा पारेको छ । नयाँ नियमले बारम्बार नियम मिच्ने विश्वविद्यालयहरूलाई विदेशी विद्यार्थी भर्ना गर्नबाट रोक्ने अधिकार पनि सरकारलाई दिनेछ । यो साता चालिएको यस पहलले आप्रवासीको सङ्ख्या निरन्तर कम गर्ने र अध्यागमन प्रणालीमा देखिएको दरार पुर्ने काम… पुरा पढौ

गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट

नेपालस्थित इजरायली राजदूत हनान गोडरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर बधाई दिएका छन्। सोमबार सिंहदरबारमा भएको भेटका क्रममा उहाँहरूबीच इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको छ। राजदूत गोडरले गत अक्टोबर ७ मा विद्रोही समूह हमासद्वार अपहरण गरी लगेका विपिन जोशीको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको बताएका थिए।   उनले अपहरणमा परेर बेपत्ता विपिनसहित अक्टोबर ७ मा ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल… पुरा पढौ

रमेश खरेल आफ्नै पार्टीका सभापति माथि यसरी खनिए

काठमाडौँ । पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग गरेको बताएका छन् । रास्वपाबाट गत वैशाख १० मा बारा—२ बाट उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको बताए । ‘मैले जसले राम्रो गर्‍यो राम्रो भन्ने हो । नराम्रो गर्नेलाई नराम्रो भन्ने हो । रास्वपाबाट चुनाव लड्दा सदस्य थिएँ । सामान्य सदस्य चुनाव लड्दा हुनै पर्छ होला,’ उनी भन्छन्, ‘चुनावमा टिकट लिँदा सदस्य हुनुपर्ला नि हैन । तर, लोभी पापी भएपछि रास्वपामा काम गर्न मन लागेन । अहिले म… पुरा पढौ

सरकारले गरिबी घटाउने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, चैत ७ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताउनुभएको छ । अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको चर्चा गर्दै उहाँले त्यसलाई घटाउँदै शून्यमा झार्ने सरकारी योजना रहेको उहाँको भनाइ छ । पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गरिबिलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने बताउनुभयो । चीनले गरिबी शून्यमा झारेको दृष्टान्त… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com