नेपाल

निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार

कठमाडौं, जेठ ३० गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो । एउटै दलका एक अर्काे अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका… पुरा पढौ

काँग्रेसको महाधिवेशन भदौं १६ बाट काठमाडौंमा हुने

काठमाडौं, जेठ २९ गते । नेपाली काँग्रेसको शनिबार दिउँसो बसेको पदाधिकारी बैठकले पूर्वनिर्धारित १४ औं महाधिवेशनको मिती पछि सार्ने निर्णय गरेको छ । काँग्रेसकी नेतृ पुष्पा भुषालले भदौं ७ देखि १० गतेसम्म १४ औं महाधिवेशनको मिती तय भएकोमा आजको पदाधिकारी बैठकले आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुुभयो । सचेतक भुषालले १४ औं महाधिवेशन लगायतका विषयमा आगामी असार ३ गते केन्द्रीय कार्य समितीको बैठक बस्ने जानकारी पनि दिनुभएको छ । आजको काँग्रेस पदाधिकारीको बैठक दिउँसो… पुरा पढौ

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।… पुरा पढौ

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने इच्छा

रमेश केसी,काठमाडौं, हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे। हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर झरेको सम्झँदै उनले भने, ‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए। चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौं, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला।’उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए। उनका… पुरा पढौ

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

काठमाडौँ, जेठ २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभयो । वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन… पुरा पढौ

एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

काठमाडौं, जेठ २६नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र एकता कायम हुन नसक्नुमा अध्यक्षसहित तीनै शीर्ष नेता दोषी रहेको आरोप लगाएका छन्। एमालेलाई एक बनाउन प्रयासरत नेता भट्टराईले बुधबार बिहान यसमा देखिएको अवरोध विश्लेषण गर्दै यसमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल तीनै जना जिम्मेवार रहेको ठहर गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बरु अन्य पार्टीसँग सत्ता सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेतासँग सहकार्य गर्न तयार नहुने तथा खनाल–नेपाल पनि अन्य दलसँग नजिकिन सक्ने तर… पुरा पढौ

असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी

नारायण ढुङ्गाना काठमाडौँ, जेठ २६ गते । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्याेल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिनुभयो । “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com