नेपाल

अमेरिका उड्ने लोभमा नक्कली प्रमाणपत्र बनाउने १० जना प्रहरी खोरमा

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित दश जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकसाथ नक्कली प्रमाणपत्र बनाउनेलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार इलेक्ट्रिक डाइभरसिटी भिसा (ई-डिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह फेला परेको हो। डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको… पुरा पढौ

द्रोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला फागुन १ र २ गते हुने

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ देखि २ गतेसम्म दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला हुने भएको छ । सोंथर बेँसी तथा त्यस आसपास क्षेत्रको प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको हो । मेलामा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला 5A साइड पुरुष फूटबल,… पुरा पढौ

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पार्नुभयो । “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।” ‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई… पुरा पढौ

थप ३ हजार जनालाई शहीद घोषणा गर्ने निर्णय भइसकेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन् । सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्न मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक… पुरा पढौ

दरबार हत्याकाण्डबारे हाम्रो परिवारप्रतिको घातक प्रहार अन्यायपूर्ण : पूर्वराजा शाह (सम्बोधनको पूर्णपाठ)

पूर्वराजा ज्ञानेन्द्र शाहले विसं २०५८ जेठ १९ गते (शुक्रबार) राति भएको राजदरबार हत्याकाण्डको विषयलाई लिएर आफ्नो परिवारप्रति अहिलेपनि आक्रमण हुनु अन्यायपूर्ण भएको बताएका छन्। मधेश प्रदेशको वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले त्यस घटनाबारे राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाएर नकारात्मक भावना फैलाएको बताए। सो घटनाबारे आफ्नो परिवारसँग जोडेर विभिन्न घातक प्रहार भएको भन्दै उनले त्यसलाई दुर्भाग्यपूर्ण बताएका छन्। ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी… पुरा पढौ

पर्यटकको रोजाइमा पर्न थाल्यो खरले छाएको घर

चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः जसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन्। इच्छाकामना-२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्‍याएनन् । उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए। पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन् । फिस्लिङ(शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले… पुरा पढौ

अदालतले पनि मधेशलाई न्याय दिएन : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गर्नुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेशलाई साथ नदिएको बताउनुभयो । उहाँले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदको बिरुद्ध फेरि… पुरा पढौ

पार्टी फुटाउन पुरानै व्यवस्था : केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत आवश्यक

सरकारले साबिकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ कै व्यवस्था राखेर संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विधेयक संसदमा पेस गर्न गृह मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो। २०७८ भदौमा तत्कालीन सरकारले अध्यादेश ल्याएर ऐनको दफा ३३ मा पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैतिर कम्तीमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था संशोधन गरेको थियो। नेकपा एमाले फुटाउन अध्यादेशमा संसदीय दल वा वा केन्द्रीय समितिमध्ये एउटा कुनै एकमा २० प्रतिशत मात्र भए पुग्ने व्यवस्था राखिएको थियो। सोही… पुरा पढौ

माओवादीको विधान सम्मेलन हुने

काठमाडौं, पुस २८ गते। नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो। सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ। पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकता संयोजन समिति… पुरा पढौ

पृथ्वीनारायण शाहको तस्बिर नोटमा अंकित गर्न अध्यक्ष थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताउनुभएको छ । अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्न सकिने बताउनुभएको हो । २०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com