राष्ट्रपतिसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको शपथ

-


     नेपालय न्युज    
     फागुन २९ गते २०८०


काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय सभाको अध्यक्षका लागि मङ्गलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ थियो । दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com