नेपाल

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

काठमाडौं, साउन १४ गते। संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो। उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘पर्सीबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको… पुरा पढौ

गलैंचा, अलैंची, अम्रिसो र यार्सागुम्बाको निर्यात बढ्दो, उत्पादन बढाए घट्न सक्छ व्यापार घाटा

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र विस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ । नेपालले निर्यात गर्ने वस्तुमध्ये केहीबाट राम्रो आम्दानी भइरहेको छ, जसमा गलैंचा, अलैंची, अम्रिसो, कुकुर तथा बिरालोको खाना, यार्सागुम्बा आदि छन् ।… पुरा पढौ

पार्टीमा पहिरो जाँदै गर्दा माधव नेपाललाई दीपक मनाङेको साथ!

वाशुदेव मिश्र, मनाङ ‘ख’ बाट निर्विरोध गण्डकी प्रदेश सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले गएको मंसिर १९ गते नेकपा (एकीकृत समाजवादी) प्रवेशको घोषणा गरे। सोही दिन उनलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माला पहिर्‍याएर पार्टी प्रवेश गराए। अपराधिक पृष्ठभूमिबाट राजनीतिका आएका, मनाङबाट दुईपटक सांसद भइसकेका र गण्डकी प्रदेशको मन्त्रीसमेत भएका मनाङले सोही दिन प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘राजनीति कमाउनको लागि होइन, सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो। यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता… पुरा पढौ

उपत्यकामा विशेष बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं, साउन १५ गते । काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ । सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायतका निकायसँग बहुपक्षीय छलफल गर्नु भएको हो । सो अवसरमा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे छलफल भएको थियो । छलफलमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी… पुरा पढौ

कांग्रेसमा संगठन सुदृढीकरण अभियानको तयारी तीव्र

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरण अभियानको तयारी तीव्र पारेको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि तयारी भइरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेसले पहिलो चरणको अभियानका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको पौडेलको भनाइ छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार… पुरा पढौ

गत आर्थिक वर्षमा ३ सय २२ उद्योग दर्ता, २ खर्ब १४ अर्बको लगानी प्रस्ताव

काठमाडौ । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् । गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक… पुरा पढौ

‘हिमाली हीरा’ बेचेर करोडौं आम्दानी, एकै परिवारले महीनामै कमायो २१ लाख !

मुगु । ‘हिमाली हीरा’ भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौं रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरूले भने गाउँमा करोडौं रकम भित्र्याइरहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुला गरेको थियो । यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै… पुरा पढौ

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर, ‘सभामुख गौतमको हस्ताक्षर त्रुटिपूर्ण’

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटिपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा… पुरा पढौ

आलोचना धेरै हुन्छहोला भनेको कम आलोचना भयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचेपनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कांग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कांग्रेसमा सबै एक सय एक… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

काठमाडौं, साउन १० गते। यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो। सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो, यसका लागि धन्यवाद।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो। सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com