प्रमुख समाचार

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो

पोखरा, १७ फाल्गुन । फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो । महिना भरि विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएका उहाँले बताउनुभयो । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका… पुरा पढौ

चीन र अमेरिकाबिच विदेश नीति योजना परामर्शको नयाँ चरणको छलफल

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन्। दुवै पक्षले आ(आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय परिस्थिति र क्षेत्रीय हटस्पट लगायतका मुद्दाहरूमा गहन छलफल गरेको बताइएको छ । -(रासस-सिन्ह्वा) पुरा पढौ

इलिनोइसको प्राथमिक निर्वाचनमा ट्रम्प अयोग्य घोषित

वाशिङटन डीसी । अमेरिकाको एउटा अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का दिएको छ । क्यापिटल हिल हिंसा प्रकरणमा बुधबार सर्वोच्च अदालतबाट राहत पाएका ट्रम्पले इलिनोइस राज्यको स्थानीय अदालतबाट झट्का पाएका छन् । हिंसा मामिलामा ट्रम्पको तर्क सुन्न सर्वोच्च अदालतले राजी भएको छ । यस्तैमा इलिनोइसको कूक काउन्टी सर्किटका न्यायाधीश ट्रेसी पोर्टरले राष्ट्रपति चुनावको प्रारम्भिक मतदानमा ट्रम्पलाई अयोग्य घोषित गरेका छन् । यसअघि मेन र कोलोराडो राज्यले पनि ट्रम्पलाई राज्यको प्राथमिक मतदानान अयोग्य घोषित गरिसकेका छन् । इलिनोइसमा मार्च १९ मा… पुरा पढौ

राप्रपाले चैत १६ गते काठमाडौँमा जनसंघर्ष गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेस गरेको ४० बुँदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै काठमाडौँमा बृहत् जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले… पुरा पढौ

पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम

शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ। फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरुका सैनिक सहभागी रहेका छन्। तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताए। उनकाअनुसार शान्ति सेनामा निकट… पुरा पढौ

मिशिगनको प्राइमरीमा बाइडेनको जित

वासिङ्टन डिसी । आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गर्न डेमोक्रेटिक दलले मिशिगनमा आयोजना गरेको प्राइमरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जितेका छन् । मंगलबार भएको मतदानमा बाइडेनले ८० प्रतिशत मत पाएका छन् । प्राइमरीमा बाइडेनले सहजै जित हात पारे पनि नतिजाले उनका लागि केही चेतावनी संकेत दिएको छ । गाजामा जारी इजरायली युद्ध नियन्त्रणमा अमेरिकाको असफलताप्रति बाइडेनले यतिबेला अरब र मुस्लिम अमेरिकीहरूले सङ्गठित रूपमा विरोधको सामना गरेका छन् । मिशिगनमा १३ दशमलव ४ प्रतिशत मत ‘अप्रतिबद्ध’ खसेको थियो । अमेरिकाको… पुरा पढौ

साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित

अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका छन् । पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पनि हराए । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् । निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन् । यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको बीबीसीले जनाएको छ । साउथ क्यारोलिनामा पार्टीको तर्फबाट… पुरा पढौ

नेजाको साधारणसभा बोस्टनमा हुने

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । नेजाले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा बसेको बैठकबाट यही मे २५-२६, २०२४ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरिएको जनाएको छ । बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत… पुरा पढौ

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन काठमाडौंमा

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइपुगेकी छन्। दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौं आइपुगेकी हुन्। दुई दिनदेखि काठमाडौंमा रहेका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो सोमबार नै साँझ फर्किएका छन्। उनी अमेरिकी वायुसेनाको विशेष विमानमा श्रीमती र १७ जनाको टोलीसहित शुक्रबार काठमाडौं आइपुगेका थिए। यी सैन्य अधिकारी जाने दिन नै अमेरिकी उप-सहायक विदेशमन्त्री काठमाडौं उत्रिएकी हुन्। उनी नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो… पुरा पढौ

न्यूयोर्कमा एक अपार्टमेन्टमा भीषण आगलागी, भारतीय नागरिकको मृत्यु

न्यूयोर्क । न्यूयोर्कको हार्लेममा एउटा अपार्टमेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परेर १७ जना घाइते भएका छन् । यस घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक २७ वर्षका फाजिल खान भएको र उनी भारतीय नागरिक भएको न्यूयोर्कस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । न्यूयोर्कको फायर बिग्रेड विभागका अनुसार हार्लेमको सेन्ट निकोलास प्लेसमा ६ तले २ अपार्टमेन्ट भवनमा लिथियम आइरन ब्याट्रीका कारण भीषण आगो लागेको थियो । अधिकारीहरूका अनुसार यस घटनामा १८ जनाको उद्धार गरिएको थियो ।… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com