प्रमुख समाचार

नागीधारको लेकमा रहेका खर्कहरुमा गोठाला सभा !

ओम प्रकाश गुरुङ,  हामी लेकका गाउँहरुमा जन्मे हुर्केको मान्छे । लेकका गाउँहरु, लेकमा रहेका गोठहरु, खर्कहरुतिर हिड्दा डुल्दा आनन्द कति हो कति कुरै नगरौँ । अत्याधिक रीफ्रेसमेन्ट !!! हाम्रो गाउँको लेकमा पर्ने खोला खर्क, निमारे खर्क, टुनी खर्कतिर गोठाला दाजुभाइ दिदिबहिनी हरु यतिखेरा गोठमा खिर खानको लागी शुभचिन्तकहरु सबैलाई निम्ता समेत गरिरहनुभएको छ ......... सोंथर बेँसीबाट १ घन्टामा त्यहाँ सजिलै पुगिन्छ । म त्यहाँ बाख्रा पालन ब्यवसाय गर्दै आउनुभएका नागीधार सोंथर बेँसीका राज घले सोल्टी संग २०८० फागुन २५ गते… पुरा पढौ

प्रचण्डले पाएको विश्वासभित्रको अविश्वास

रामबहादुर रावल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्, जुन अपेक्षित नै थियो। संसद्‌का दोस्रो (एमाले), तेस्रो (माओवादी), चौथो (रास्वपा), छैटौँ (जसपा) र सातौँ दल (एकीकृत समाजवादी) एक ठाउँमा उभिएपछि प्रधानमन्त्री प्रचण्डले १ सय ३८ मत भए पुग्नेमा १ सय ५७ अंकको सुविधाजनक बहुमत पाएका हुन्। नागरिक उन्मुक्ति पार्टीमा विवादका बाबजुद त्यस दलबाट शत प्रतिशत मत प्रचण्डका पक्षमा खसेको छ। अघिल्लो गठबन्धनको सरकार छँदा प्रधानमन्त्री प्रचण्डको चर्को आलोचनामा उत्रिएका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि यसपालि समर्थनमा… पुरा पढौ

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, फागुन ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो। शपथ ग्रहण समारोहमा… पुरा पढौ

राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनबिच ‘रि-म्याच’

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनको उम्मेदवार चयनमा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक सङ्ख्यामा डेलिगेट्स हासिल गरेका छन् । योसँगै नोभेम्बरमा हुने निर्वाचनमा बाइडेन र ट्रम्पले आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् । मंगलबार चार राज्य, एक अमेरिकी क्षेत्र र विदेशमा बसोबास गरिरहेका डेमोक्रेटहरु लागि प्राथमिक निर्वाचन भएको थियो । यसको नतिजा आएसँगै यस वर्षको राष्ट्रपति निर्वाचनमा पनि सन् २०२० मा झैँ बाइडेन र ट्रम्प एक अर्काको आमनेसामने भएका छन् । मनोयनबारे घोषणा भने यही पार्टी अधिवेशनबाट औपचारिक… पुरा पढौ

तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डको पक्षमा उभिन सक्छन् १५७ सांसद

सागर न्यौपाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्। उनले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। २०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। उनले पुस २६ गते संसद्‍मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलको प्रचण्डले समर्थन पाए।   संसद्‍ बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको… पुरा पढौ

राष्ट्रपतिसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको शपथ

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो । राष्ट्रिय सभाको अध्यक्षका लागि मङ्गलबार… पुरा पढौ

छ महिनापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

केप क्यानाभरल (अमेरिका), फागुन २९ गते । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ । उहाँहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो । उहाँहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा जानुभएको थियो । उहाँहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उहाँँहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । कुल ५११ मत खसेकोमा शर्माले ३२३ मत ल्याए भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै… पुरा पढौ

नोभेम्बरमा जो बाइडेनविरुद्ध ट्रम्प उभिने लगभग निश्चित

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति पदको दाबेदारीमा रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प प्रतिद्वन्द्वी निक्की हेलीलाई उछिनेर निकै अगाडि पुगेका छन् । शनिवार मिसौरी, इदाहो र मिशिगनमा पनि ककसको निर्वाचन ट्रम्पले जितेका छन् । ट्रम्पले २४४ प्रतिनिधिको समर्थन पाएका थिए भने निक्की हेलीलाई २४ जना प्रतिनिधिले मात्र समर्थन गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीका लागि १ हजार २१५ प्रतिनिधिको समर्थन आवश्यक छ । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा अहिलेसम्म डोनाल्ड ट्रम्प अगाडि छन् । आइतबार कोलम्बियामा प्राइमरी चुनाव… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारीका सदस्यहरुलाई प्रशिक्षण

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै अहिले बजारमा जुन नाफाको पछि सहकारीहरूहिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेको बताए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com