न्यूयोर्कमा एक अपार्टमेन्टमा भीषण आगलागी, भारतीय नागरिकको मृत्यु


     नेपालय न्युज,     
     फागुन १३ गते २०८०


न्यूयोर्क । न्यूयोर्कको हार्लेममा एउटा अपार्टमेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परेर १७ जना घाइते भएका छन् । यस घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक २७ वर्षका फाजिल खान भएको र उनी भारतीय नागरिक भएको न्यूयोर्कस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

न्यूयोर्कको फायर बिग्रेड विभागका अनुसार हार्लेमको सेन्ट निकोलास प्लेसमा ६ तले २ अपार्टमेन्ट भवनमा लिथियम आइरन ब्याट्रीका कारण भीषण आगो लागेको थियो । अधिकारीहरूका अनुसार यस घटनामा १८ जनाको उद्धार गरिएको थियो । यसबाहेक १२ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । यीमध्ये ४ को अवस्था गम्भीर भएको बताइएको छ ।

आगो दन्किन थालेपछि ज्यान जोगाउन मान्छेहरूले भवनबाट हाम फालेका थिए । सन् २०२३ मा न्यूयोर्कमा मात्रै लिथियम–आयन ब्याट्रीका कारण आगलागीका २६७ ओटा घटना भएको न्यूयोर्कको फायर डिपार्टभमेन्टले बताएको छ । यसमा १५० जना घाइते हुँदा १८ जनाको मृत्यु भएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com