अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा श्रद्धाञ्जली कार्यक्रम

न्यूयोर्कः- यही अगष्ट २३ का दिन ,नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, लेखक, एवंप्रतिनिधि सभाका माननीय सदस्य स्व.प्रदीप गिरिलाई न्यूयोर्क शहरको ज्याक्सन हाइटमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेरसम्झना गरेको छ। नेपाली कांग्रेसका सह महामन्त्री एवम नेपाल सरकारका खानेपानी मन्त्री श्री उमाकान्त चौधरीको प्रमुख उपस्थितिमाभएको उक्त शोक कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत आम सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो। बिचारक स्व. प्रदिप गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै, प्रमुख अथिति लगायत अन्य अथितिहरूले शोक मन्तव्यको क्रममा नेपालका महानदार्शनिक नेता… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ । संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् । तर, परिवारको वार्षिक आय एक लाख २५ हजार डलर भन्दा कम हुनेहरुले मात्रै यस्तो सुविधा पाउने पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । विद्यार्थी ऋण मिनाह योजनाबाट मध्यम तथा श्रमिक वर्गलाई फाइदा पुग्ने दाबी पनि ह्वाइटहाउसको छ । तर, प्रगतिशिल तथा लोककल्याणकारी राज्य पक्षधरहरुले भने यसलाई नाम मात्रैको राहत भन्दै आलोचना गरेका… पुरा पढौ

अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई

भर्जिनिया (अमेरिका), भदौ ६ गते । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आइतबार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरीको बहुआयामिक व्यक्तित्व र योगदानबारे स्मरण गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरी आफ्नो राजनीतिक गुरुसमेत रहेको भन्दै उहाँको निधनले कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक असल चिन्तक र विचारक गुमाएको बताउनुभयो । मन्त्री चौधरीले २०६२–६३ सालको… पुरा पढौ

न्युयोर्कमा गान्धीको सालिक तोडफोड

भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको सालिक तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ । ‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति (सालिक) तोडफोडको कडा निन्दा गर्दछौँ । हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्ण अनुसन्धानको लागि अमेरिकी अधिकारीहरू समक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ । एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई… पुरा पढौ

न्यूयोर्क टाइम्सले शिक्षाको दिल्ली मोडलबारे लेखेकै दिन राज्यका शिक्षामन्त्री पक्राउ

एजेन्सी । अमेरिकाबाट प्रकाशित हुने विश्व चर्चित पत्रिका द न्यूयोर्क टाइम्समा दिल्लीको शिक्षा मोडलको बारे लेखिएको फिचर न्युजलाई भाजपाले ‘पेड न्युज’ भएको अराोप लगाएको छ । भाजपाको आरोपको द न्युयोर्क टाईम्स आफैले खण्डन गरेको छ । द न्युयोर्क टाइम्सले विवादमा तान्न खोजिएको फिचर न्युज पूर्णत रिपोर्टिङमा आधारित रहेको बताएको छ । न्यूयोर्क टाइम्सका प्रवक्ता निकोल टायलरले भारतीय समाचार एजेन्सी पीटीआईलाई इमेल गरेर पत्रिकामा छापिएको रिपोर्ट निष्पक्ष र ग्राउन्ड–रिपोर्टिङमा आधारित भएको बताएकी छन् । द न्युयोर्क टाईम्सले शिक्षालाई सधैँ प्राथमिकता दिएर… पुरा पढौ

अमेरिकामा घरको विक्री फेरि घट्यो, मूल्य भने अकासियाे

अमेरिकामा पुराना घरको विक्री सुस्ताएको छ । जुलाईमा मानिसहरू बसिरहेका घरको विक्री ४८ लाख १० ओटा रहेको छ । यो अघिल्लो महीनाको तुलनामा ५ दशमलव ९ प्रतिशत कम भएको नेशनल एशोसियशन अफ रियल्टर्स (एनएआर)ले बताएको छ । समीक्षा अवधिको घर विक्री अर्थशास्त्रीहरूले गरेको अनुमानभन्दा कम भएको फ्याक्टसेटले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिको विक्री २० दशमलव २ प्रतिशत कम हो । योसँगै अमेरिकामा घरको विक्री लगातार छैठौं महीना पनि घटेको छ । अहिले घरको विक्री… पुरा पढौ

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेई भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ । ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङट्नले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङट्नले व्यापार वार्ताको घोषणा गरेको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन तर व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता… पुरा पढौ

बाइडेनद्वारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो । ‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडेनले भने । विधेयक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म इन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने… पुरा पढौ

महँगी र बन्दुकका कारण अमेरिकी युवा युरोप पलायन हुँदै

संसारभरि लाखौं मानिसहरू अमेरिका जान चाहन्छन् । तर अमेरिकीहरु भने ठूलो संख्यामा युरोपेली देशमा गइरहेको देखिएको छ । विगतमा अवकासप्राप्त अमेरिकीहरु इटाली, पोर्चुगल, स्पेन, ग्रीस र फ्रान्सजस्ता देशमा पुनर्वास गर्ने गरेको देखिन्थ्यो । तर पछिल्लो प्रवृति युवाहरुमा समेत देखिएको छ । युवा अमेरिकीकोसमेत आगमन बढेपछि ग्रीस, पोर्चुगल, इटाली आदि देशमा गत वर्षको तुलनामा अमेरिकीको संख्या ४५ प्रतिशतले बढेको पाइएको छ । अमेरिकीहरुको आगमनसँगै धेरै इटालियन कम्पनीहरुको आम्दानी पनि बढेको बताइँदैछ । पलायन हुनुको मुख्य कारण डलरको मुल्य, अमेरिकामा महँगो स्वास्थ्य… पुरा पढौ

एप्पलले कर्मचारीहरूलाई भन्यो- हप्तामा तीन पटक कार्यालयमै आएर काम गर

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी तथा आइफोन निर्माता एप्पल इंकले आफ्ना कर्मचारीहरूलाई हप्तामा तीन पटक कार्यालयमै आएर काम गर्न भनेको छ । कम्पनीले सेप्टेम्बरदेखि शुरू हुने गरी कर्मचारीहरूलाई कार्यालयमा बोलाएको हो । यो नीति कम्पनीको क्यालिफोनिर्यास्थित मुख्यालय नजिक रहेको सान्टा क्लारा काउन्टीमा काम गर्ने कर्मचारीहरूका लागि लागू हुने भन्दै ब्लुम्बर्ग र भर्जले समाचार छापेका छन् । कर्मचारीहरूलाई मंगलबार र बिहीबार कार्यालयमै आउन भनिएको छ । तेस्रो दिन भने हरेक टोलीले आ–आफ्नै आवश्यकता अनुसार चयन गर्नेछन् । कम्पनीको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com