अमेरिका सेरोफेरो

कार र ग्यासका कारण अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभावपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि बिक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ । दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटक पटक बढाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई… पुरा पढौ

अमेरिकामा २ वटा विमान आकाशमै ठोक्किए

अमेरिकाको टेक्ससमा दुई वटा विमान आकाशमै ठोक्किदा दुर्घटना भएकाे छ । टेक्ससको डालासमा एयर शोका क्रममा द्वितीय विश्व युद्धमा प्रयोग भएका विमानहरु ठोक्किएका हुन् । विमान ठोक्किएपछि यसरी विष्फोट भएका थिए कि एउटा विमान आकाशमै चकनाचुर भएको थियो भने अर्को विमान दुई टुक्रा भएको थियो । डालासमा शनिबार दोस्रो विश्व युद्धको स्मृति एयर शो आयोजना गरिएको थियो । शो हेर्न टाढा टाढाबाट मानिसहरु डालास पुगेका थिए । एयर शो चलिरहेका बेला बोइङ बी–१७ विमान किङकोब्रा पी–६३ विमानसँग ठोक्किएको हाे ।… पुरा पढौ

अमेरिकाको नेभाडा जितेसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत पुर्‍यायायो

एजेन्सी अमेरिकाको नेभाडा राज्यकी सिनेटर क्याथरिन कोर्टेज मास्टोले आफ्नो सिट जोगाएसँगै डेमोक्रेटिक पार्टीले सिनेटको बहुमत कायम राखेको छ । मास्टोले रिपब्लिकन पार्टीकी पूर्व राज्य महान्यायाधिवक्ता एडम लाक्साल्टलाई झिनो मतान्तरले पराजित गरिन् । योसँगै मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ऐतिहासिक ट्रेण्ड र ठूलो धक्काको भविष्यवाणीलाई गलत साबित गरेका छन्, त्यो पनि सरकारले उच्च मुद्रास्फिर्ती नियन्त्रण गर्न नसकेको समयमा । विगतमा अमेरिकाको मध्यावधि निर्वाचनमा प्राय राष्ट्रपतिको दलले सदनमा बहुमत गुमाउँथे । कुनै उम्मेद्वारले ५०% थ्रेसहोल्ड पार गर्न नसकेपछि जर्जियामा भने डेमोक्र्याट्स सिनेटर प्रतिद्वन्द्वी राफेल… पुरा पढौ

विश्वको दोस्रो ठूलो क्रिप्टो लेनदेन कम्पनी टाट पल्टियो

क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ । यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले आफूले कम्पनीको स्थितिको कारण राजीनामा दिएका हुन् । एक हप्ताको अन्तरमा एफटी एक्सको साम्राज्यको पतन भएप्छि केही समयदेखि संकटमा गुज्रिरहेको क्रिप्टो बजारको विश्वास धर्मराएको छ । यसअघि ‘किङ्ग अफ क्रिप्टो (क्रिप्टोको राजा)’ पनि… पुरा पढौ

‘राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक’

अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, 'भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ।' राष्ट्रपति बाइडेनको पदभार… पुरा पढौ

विश्वव्यापी आर्थिक मन्दी : १० खर्ब डलर पूँजीकरण गुमाउने पहिलो पब्लिक कम्पनी बन्यो एमाजन

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कम इंक १० खर्ब डलर बजार पूँजीकरण गुमाउने पहिलो पब्लिक कम्पनी बनेको छ । विश्वभर बढेको महँगी, कसिलो मौद्रिक नीति र निराशाजनक आर्थिक तथ्यांकका कारण यो वर्ष शुरु भए यता कम्पनीको शेयरमा व्यापक सेल अफ देखिएको छ । योसँगै कम्पनीको शेयर मूल्यमा तीव्र कमी आउँदा अर्बौ डलर बराबरको बजार पूँजीकरण गुमेको छ । बुधवार कम्पनीको शेयर मूल्य ४ दशमलव ३ प्रतिशतले घटेर बजार पूँजीकरण ८ खर्ब ७९ अर्ब मा झरेको… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी-२० राष्ट्रहरुको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्क्रय तय भएको हो । सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो । दुई देशबीचको सम्बन्धलाई विस्तार गर्ने र प्रतिष्पर्धालाई मर्यादित बनाउने याेजना रहेकाे छ । दुवै देशकाका… पुरा पढौ

आइफोनको उत्पादन ३० लाख थान घटाउँदै एप्पल

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोनको उत्पादन घटाउने भएको छ । कम्पनीले शुरुमा अनुमान गरिएको भन्दा यस वर्ष कम्तीमा ३० लाख थान कम आइफोन उत्पादन गर्ने बताइएको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै बलुम्बर्गले समाचार छापेको छ । कम्पनी र यसका आपूर्तिकर्ताहरूले यस वर्ष ८ करोड ७० लाख थान वा सोभन्दा कम आइफोन बनाउन खोजेका छन् । शुरुमा भने वर्षभरिमा ९ करोड थान आइफोन उत्पादनको लक्ष्य लिएको थियो । आइफोन १४ र आइफोन १४… पुरा पढौ

अमेरिकाको निर्वाचनमा भण्डारीसहित दुई नेपाली विजयी

अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जित हासिल गर्नुभएको छ । उहाँ कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो । सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान… पुरा पढौ

अमेरिका मध्यावधि परिणाम : अपेक्षा अनुरूप देखिएन ‘रिपब्लिकन लहर’, डेमोक्रेट्सले दियो कडा टक्कर

अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन । मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपी तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । अहिलेसम्म घोषित परिणाममा ४३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकनले २०७ सिट जितेका छन् भने सत्तारुढ डेमोक्रेट्सले १७८ सिट जितेका छन् । प्रतिनिधिसभामा २१८… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com