पोखराको प्रतिभा माविद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान
पोखरा भदौ २६ । पोखराको प्रतिभा माविबाट १२ कक्षा उत्तीर्ण गरेर विभिन्न विश्वविद्यालयले लिएको स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएससी नर्सिङतर्फ प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी थिइन् । त्यस्तै इन्जिनियरिङतर्फ अभिषेक न्यौपाने तेस्रो नम्बरमा पार्न सफल भएका थिए । चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा उनीहरुले पूर्ण छात्रवृत्तिमा प्रवेश परीक्षा उत्तीर्ण गरेका हुन् । विद्यालयले नर्सिङ, एमबिबिएस, बिडिएससहित…
पुरा पढौ
रिसोर्टको पौडी पोखरीमा डुबेर भारतीय नागरिकको मृत्यु
पोखरा २६ भदौ । पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक भारतीय नागरिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार भारतको उखनउ भएका २३ वर्षीय देवान सिंहको पौडी पोखरीमा डुबेर मृत्यु भएको हो । उनको पोखरा १७ पावरहाउसमा रहेको पावरहाउस रिसोर्टमा रहेको पौडी पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनी पोखरीमा डुबेको र तत्कालै उद्धार गरी उपचारको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका…
पुरा पढौ
दिन दहाडै धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या
पोखरा भदौ २६ । पोखरामा एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ बगालेले टोलमा खुकुरीको प्रहारबाट ४० वर्षीया राधिका कुँवरको मृत्यु भएको हो । आज मध्याह्न १२ बजेको समयमा श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी राधिकालाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उनको घाँटी र पेटमा खुकुरी प्रहार गरिएको थियो । आफ्नै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरी उनको हत्या गरेका हुन् । पारिवारिक…
पुरा पढौ
जग्गाको कित्ताकाट एक वर्ष खोल्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जग्गको कित्ताकाट खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले एक वर्षका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो । देशका अधिकांश स्थानीय तहले भूउपयोग नीति नबनाउँदा पालिकामा जग्गा कित्ताकाट रोकिएर समस्या आएपछि खोल्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् । सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेपनि अधिकांशले यसलाई पालना नगरेपछि समस्या आएको थियो । कित्ताकाट ठप्प भएसँगै सरकारले पुनः पालिकाहरूलाई जग्गा वर्गीकरणको समय थप गर्न भूउपयोग पहिलो संशोधन नियमावली, २०८०…
पुरा पढौ
पोखरा-मुग्लिन सडक विस्तारको कामलाई तीव्रता दिन मुख्यमन्त्रीको ताकेता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् ।गण्डकी प्रदेशको लाइफलाइन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पूर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’ आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवालावीचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको गति छिटो बनाउनुहोस्…
पुरा पढौ
बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीनको मृत्यु
बागलुङ । बागलुङको बान्द्रेखोलामा आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा तीन जनाको मृत्युृ भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ बान्द्रेमा बिहीबार राति पौने १२ बजे आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो । स्कुटर र मोटरसाइकल बगाउँदा बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अभिषेक रेग्मी र २० वर्षीय कमल सापकोटा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीका…
पुरा पढौ
चाडपर्वहरुको गरिमा जोगाउन प्रदेश प्रमुख भट्टको अनुरोध
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छन् । ‘परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ । ‘शुभकामना सन्देशमा भनिएको…
पुरा पढौ
नेपाली महिलाले आज हरितालिका तीज मनाउँदै
पोखरा । आज हरितालिका तीज । नेपाली नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि साथीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । सखीहरूले…
पुरा पढौ
मिस मगर नेपालको ग्रान्ड फिनाले भोलि पोखरामा हुने
पोखरा । सातौं मिस मगर नेपाल–२०२४ को अन्तिम प्रतिष्पर्धामा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । पोखरा १७ स्थित होटल ग्रान्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् । उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछन् । निट डेन्टल केयर प्रिजेन्ट्सको मिस मगरमा अहिले…
पुरा पढौ
पोखरा १६ मा विद्यावारिधि गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालय सम्मानीत
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधि गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक बाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास, डा. दीर्घमान गुरुङ, डा. गोपाल घिमिरे,डा. महेन्द्र ब.बानियाँ, डा. अर्जुन बानियाँ, प्राडा ध्रुव ब. कार्की,डा. श्रीराम आचार्य,डा. निशा बराललाई सम्मान गरेको हो । त्यसैगरी डा. सुरेश पौडेल, डा. प्रज्ञा गौतम,डा. उत्तम…
पुरा पढौ