अमेरिका सेरोफेरो

अमेरिकी उपभोक्ता मूल्यवृद्धि स्थिर

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा उपभोक्ता मुद्रास्फीति गत महिना स्थिर रहेको हालै सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत वर्षको तुलनामा ३.७ प्रतिशतले वृद्धि भएको श्रम विभागले जनाएको छ । तर मासिक रुपमा मुद्रास्फीति ०.६ प्रतिशतबाट घटेर ०.४ प्रतिशतमा झरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, अस्थिर खाद्य र ऊर्जा क्षेत्रहरूको सूचकांक ४.१ प्रतिशतमा झरेको छ जुन दुई वर्षयताकै सबैभन्दा कम हो । मुद्रास्फीतिमा कमी फेडरल रिजर्भका लागि राम्रो समाचार हुनेछ, फेडले गत वर्षको मार्चदेखि ब्याज… पुरा पढौ

इजरायल पुगे अमेरिकी विदेशमन्त्री

तेल अभिभ । इजरायल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पत्रकार सम्मेलन गर्दै इजरायललाई सहयोग गर्न अमेरिका सधैँ उपस्थित रहने बताएका छन् । ब्लिन्केनले आफू एक 'अविश्वसनीय रूपमा कठिन' समयमा इजरायल आएको बताए। मारिएका परिवारका तस्बिरहरू हेर्न आफूलाई गाह्रो भएको उनले जिकिर गरे । ‘बालबालिका मारिए, शव टुक्रा-टुक्रा पारियो, युवाहरूलाई जिउँदै जलाइयो, महिला बलात्कृत भए, परिवारका सदस्यलाई बालबालिकाको अगाडि र बालबालिकालाई परिवारका सदस्यहरूकै अगाडि मारियो,’ उनले भने । ब्लिन्केनले इजरायली नागरिकहरूको साहसको बारेमा पनि टिप्पणी गरे।… पुरा पढौ

बाइडेनको दाबीबाट हट्यो ह्वाइट हाउस, भन्यो- ‘राष्ट्रपतिले बालबालिकाको टाउको काटिएको’ तस्बिर हेर्नुभएको छैन’

वासिङ्टन । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमा ुहमासका आतङ्ककारीहरूले बालबालिकाको टाउको काटेकोु तस्बिरहरू देखेको बताएका थिए। बुधवार दिउँसो यहुदी समुदायका नेताहरूसँग कुरा गर्दै बाइडेनले भनेका थिए, ‘आतङ्कवादीहरूले बालबालिकाको टाउको काटेको तस्बिरहरू देख्छु भनेर मैले वास्तवमा कहिल्यै सोचेको थिइनँ।‘ सामाजिक सञ्जालमा यस्ता तस्बिर भाइरल भइरहेका छन् । केही सञ्चारमाध्यमले पनि यसबारे समाचार प्रकाशन पनि गरेका छन् । तर इजरायलको सेनाले भने यसको पुष्टि गरेको छैन । बाइडेनको यो दाबीलाई बुझ्न बीबीसीले ह्वाइट हाउसलाई सम्पर्क गरेको थियो । तर ह्वाइट हाउसका… पुरा पढौ

न्यूयोर्कका मेयर भेट्ने पहिलो नेपाली मेयर बने नागेश कोइराला

विष्णु हरि घिमिरे, पेन्सिलभेनिया, अमेरिका । न्युयोर्क /अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्युयोर्क सिटीका समकक्षी मेयर एरिक एड्म्स सँग भेटवार्ता गरेका छन। गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार बुधवार दिउॅंसो न्यु योर्क सिटी मेयरको कार्यकक्षमा दुई समकक्षी बिच भेटवार्ता भएको हो।स्मरण रहोस सोमनाथ घिमिरे मेयर नागेश कोइरालाका अन्तरराष्ट्रीय मामिला सल्लाहकार पनि हुन। आजको यस भेटघाटमा गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाका उपाध्यक्ष शुवर्ण लामा, फाउन्डेसनका कार्यसमिती सदस्य द्वय सुर्य सिंमखडा र ध्रुव कुवॅंर क्षेत्री, फाउन्डेसनकै कृयाशील सदस्य… पुरा पढौ

हमास–इजरायल युद्धमा अमेरिका इजरायलको साथमा रहेको बाइडनको उद्घोष

अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताउनुभएको हो । इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदा आक्रमणको घोर निन्दा समेत गर्नुभएको छ । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले इजरायलका लागि थप सैन्य सहयोग दिने बाचा समेत गर्नुभएको छ । इजरायलका लागि सैन्य सहायता स्वरुप ३ करोड ८० लाख उपलब्ध गराईसकेको छ । कतिपय आलोचकले भने… पुरा पढौ

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट

अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको छ । मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको हो । सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो । त्यस्तै मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गर्नुभयो । सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर… पुरा पढौ

अमेरिकाले इजरायललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री

वासिङ्टन । हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । “इजरायलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजरायलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो ।” दशकौँमा भएको पछिल्लो… पुरा पढौ

न्यूयोर्कमा शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय!’ कृति विमोचन

न्यूयोर्कको क्विन्स ज्याक्सन हाईटस्थि भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनमा सोहि च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रिय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको थियो। लोकार्पण कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका चिरपरिचित वरिष्ठ कानुनविद् तथा आध्यात्मिक चिन्तनमा लागिरहनु भएका साहित्यकार बिनोद रोकाज्यूले गर्नु भएको थियो, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार राजन महर्जनज्यूको सभापतित्वमा भएको कार्यक्रमको शुरूवात च्याप्टरका महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो भने च्याप्टरकै उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत… पुरा पढौ

अमेरिकी सभामुख बर्खास्त, आफ्नै पार्टीका सांसदले पनि दिएनन् पक्षमा मत

अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् । मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो । सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए । डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि… पुरा पढौ

दिल्लीमा घोषणा भएको नयाँ करिडोरले बीआरआईलाई प्रतिस्थापन गर्ला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक रेडियो अन्तर्वार्तामा जी-२० सम्मेलनको साइडलाइन वार्तामा नयाँ कोरिडोरको प्रस्ताव गरेको खुलासा गरेका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘आगामी शताब्दीको विश्वव्यापारको ढुवानीका लागि नयाँ कोरिडोर दिल्ली आधारित हुनेछ ।’ युरोपलाई एशियासँग रेल र अन्य ढुवानी सञ्जालबाट जोड्न यो परियोजना प्रस्ताव गरिएको हो । यो परियोजना चीनको बीआरआईको काउन्टर रहेको विज्ञहरु बताउँछन् । फरेन पोलिसी म्यागेजिनका सम्पादक रवि अग्रवालले भनेका छन्, ‘साइडलाइन वार्तामा अघि सारिएको यो प्रस्ताव चीनको परियोजनाको विकल्पमा अमेरिकी स्वार्थ पूर्तिका लागि हो।’ यस… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com