
न्यूयोर्कः- यही अगष्ट २३ का दिन ,नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, लेखक, एवंप्रतिनिधि सभाका माननीय सदस्य स्व.प्रदीप गिरिलाई न्यूयोर्क शहरको ज्याक्सन हाइटमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेरसम्झना गरेको छ।
नेपाली कांग्रेसका सह महामन्त्री एवम नेपाल सरकारका खानेपानी मन्त्री श्री उमाकान्त चौधरीको प्रमुख उपस्थितिमाभएको उक्त शोक कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत आम सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो। बिचारक स्व. प्रदिप गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै, प्रमुख अथिति लगायत अन्य अथितिहरूले शोक मन्तव्यको क्रममा नेपालका महानदार्शनिक नेता प्रदिप गिरीको निधनले नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलन, सामाजिक आन्दोलन, संसदीय अभ्यास र नेपालदेशलाईलाई ठूलो क्षति पुगेको कुरा बताएका छन् । पिछडिएका बर्ग क्षेत्र र समुदायको लागि सधै आवाज उठाउने एउटा निष्ठावान नेताप्रदिप गिरिले कांग्रेसमा “कदमजम” को अवधारणा निर्माण गरेर पार्टीलाई समावेसीको बाटोतर्फ विधानत लगेको र देशमा संघियता रगणतन्त्रको आवाज पहिला गिरिले नै उठाएको कुरा राख्दै, प्रमुख अथिति एवं अथितिहरूले शोक मन्तव्यको क्रममा गिरिको साहित्यिक, आध्यात्मिक र राजनैतिक जीवको बारेमा बिशेष चर्चा गरेका थिए ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव श्री मुनिन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको उक्त श्रद्धाञ्जली कार्यक्रमकोसंचालन भने स्व. प्रदिप गिरिको पारिवारिक सदस्य सोसरहका बहिनी नेबिसंघका नेत्रि अनिता परियारले गरेकी थिइन ।
समाजवादी चिन्तक स्व. प्रदिप गिरिको श्रद्धाञ्जली कार्यक्रममा आएर शोकमन्तव्य राख्नुहुने अथितिहरुमा नेपाली कांग्रेसका नेता एवम समाजका अग्रज व्यक्तित्व द्वय श्री श्यामकाजी गुरुङज्यु र डा. श्री बिनोद शाह, प्रवासी नेपाली मन्चअमेरिकाका अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने। प्रवासी नेपाली एकता मन्चका बरिष्ठ उपाध्यक्ष याम मोक्तान। प्रवासी नेपाली एकतासमाज (पानस) न्यूयोर्कका अध्यक्ष श्री रूद्र राउत, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य प्रभात सापकोटा, न्यूयोर्क च्याप्टरका सचिवबासु लामिछाने, आईसिसि सदस्य सन्जीब श्रेष्ठ, नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, नेजस न्यूजर्सीच्याप्टरका सचिव अनन्त न्यौपाने, तामाङ सोसाइटी अमोरिकाका अध्यक्ष छेमाङ लामाज्यु, कांग्रेसनेता तुल बहादुर तामाङ. कुइन्सकाउन्ट्री एडभाइजरीबोर्डका सदस्य श्याम कार्की. तरूण विभाग अमेरिकाका पूर्व सचिव सुवास केसी, पत्रकार बिष्णुसिहं बैजु लगायतलेसमाजवादी चिन्तक स्व. प्रदिप गिरिको निधन प्रति गहीरो शोक प्रकट गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेरशोक मन्तव्य राखेका थिए ।