अर्थतन्त्र

रवि लामिछानेलाई देखाए सहकारी पीडितले कालो झण्डा (भिडियोसहित)

पोखरा भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाएका छन् ।लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका बेलामा सहकारी पीडितले कालो झण्डा देखाउँदै नाराबाजी गरेका हुन् । पोखरा बिरौटास्थित ग्यालेक्सी बैङक्वेटमा रवि पार्टीको कार्यक्रमा सहभागी हुन त्यहाँ पुगेका बेलामा सहकारी पीडितले उनी विरुद्ध नाराबाजी गरेका हुन् । सूर्य दर्शन सहकारी पीडितहरुे बाक्लो संख्यामा त्यहाँ भेला हुन् ।विभिन्न नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गर्दै गरेका हुन् ।उनीहरुले सहकारी ठगलाई… पुरा पढौ

आर्थिक चुनौतीको सामना गर्न हातेमालो गरौं : पोउवा संघ अध्यक्ष उम्मेदवार गोकर्ण

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतीले व्यावसायीहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिँदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतीको सामना गर्दै व्यवसाय प्रवद्र्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफूले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य व्यथा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुने पालो मेरै  : गोकर्ण कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको बताएका छन् । संघको आगामी ३५ औं महाधिवेशनमा आफूले अध्यक्ष पाउनुपर्ने भएपनि अध्यक्षमा अर्का प्रतिष्पर्धी समेत रहेका कारण वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पालो अब अध्यक्ष बन्ने रहेको उनको भनाइ छ । ‘प्राकृतिक न्यायको सिद्धान्त तथा पालो पनि मेरो नै भएकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छु’ कार्कीले भने, ‘ पोखराको… पुरा पढौ

१६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल समूह चुनावी प्रचारमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ? पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित… पुरा पढौ

पोखराबाट उडान भर्न चिनियाँ कम्पनी चाइना साउदर्न इच्छुक

पोखरा । चीनको वायुसेवा कम्पनी चाइना साउदर्न पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न इच्छुक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेटमा चाइना साउदर्नका प्रतिनिधिले पोखरा र भैरहवाबाट उडान गर्न इच्छुक भएको बताएका हुन् । ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चीनको सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ । साउदर्न प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेको समेत मन्त्रालयले जनाएको छ । आगमी कात्तिकदेखि त्रिभुवन विमानस्थलको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा ४ जना पदाधिकारी निर्विरोध

पोखरा । पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भएका हुन् । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । सोमबार दाबी विरोधको समय दिइएको थियो । ती पदमा उनीहरुको मात्रै उम्मेदवारी परेको छ । सोमबार दाबी विरोध पनि परेन । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए । बुद्धाचार्य,… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि गोकर्ण र अर्जुनको उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट नेतृत्व लिनका लागि अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन हुँदैछ । निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिए । उनीहरुका प्रतिस्पर्धी छैनन् ।… पुरा पढौ

पोखराको कलश सहकारीको १३ औं साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुवेदीले गरेका थिए । कार्यक्रममा उनले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठ्यारो परेको सुनाए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए । संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुँजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास… पुरा पढौ

पोखराका उद्योगी व्यावसायीलाई चुनावी रन्को, अर्जुन प्यानल घरदैलोमा व्यस्त

पोखरा । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २८ र २९ गते पोखरामा हुँदैछ । महाविधेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेतृत्वको लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिँडिरहेको छ । विन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौरदेखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई… पुरा पढौ

कृस कञ्चन ज्वेलरीको डायमन्ड सोरुम उद्घाटन

पोखरा । पोखरामा डायमन्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमन्ड सोरुम सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । यो भन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमन्डको सोरुम सञ्चालनमा आइसकेको उनले सुनाए । सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com