अमेरिका सेरोफेरो

चीनमा टेस्लाद्वारा निर्मित कारको विक्री बढ्यो

साङहाई (चीन) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको चीनमा विक्री बढेको छ । तर यो सुध्रिएर मार्चको स्तरमा भने आउन सकेन । त्यहाँको यात्रुबाहक कार संगठन (सीपीसीए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा कम्पनीले ३३ हजार ४६३ थान सवारी साधन बेचेको छ । यो अप्रिलको तुलनामा २९ प्रतिशत धेरै हो । तर यो मार्चको तुलनामा भने कम हो । मार्चमा चिनियाँ बजारमा कम्पनीका ३५ हजार ४७८ थान कार विक्री भएका थिए । टेस्लाको कारका ब्रेक फेल भएको गुनासोहरु… पुरा पढौ

अमेरिकाको सिनेटले पारित गर्‍यो प्रविधि अनुसन्धानमा व्यापक खर्च योजना

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको सिनेटले प्रविधि अनुसन्धान र उत्पादनलाई टेवा दिन व्यापक खर्च योजना पारित गरेको छ । अन्तरराष्ट्रिय विशेगषगरी चीनबाट प्रतिस्पर्धा बढिरहेकै समयमा सो प्रस्तावित उपायहरु ल्याइएको हो । चीनको तर्फबाट उत्पन्न भएको जोखिमलाई बढाइचढाइ गरेको भन्दै चिनियाँ अधिकारीले विधेयकको आलोचना गरेका थिए । विधेयकलाई कानूनमा परिणत गर्नुअघि प्रतिनिधि सभाले पनि यसलाई पारित गर्नु पर्नेछ । कंग्रेसको माथिल्लो सदनमा भएको मतदानमा १०० मध्ये ६८ सिनेटरले विधेयकको पक्षमा मत दिएका थिए भने ३२ जनाले विपक्षमा दिएका थिए । चीनको… पुरा पढौ

फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परीक्षण गर्दै

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको छ । फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । १२ वर्षमुनीका बालबालिकामा भने… पुरा पढौ

अमेरिकामा कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

एजेन्सी । अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् । अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ । युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले सहयोग पुगे आशा त्यहाँको सरकारको छ । अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने… पुरा पढौ

अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

अमेरिका । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् । यसैवीच, नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् । भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिकरुपमा पत्र लेखेका छन्… पुरा पढौ

अमेरिकी अर्थतन्त्र : तिब्र वृद्धितर्फ अग्रसर तर पर्याप्त कामदार वा आपूर्तिको अभाव

वासिङ्टन । कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक संकट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ । कोरोना भाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ । फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनका अनुसार अहिले परिस्थिति बिस्फोटक छ – अर्थात् बत्ती बाल्नु… पुरा पढौ

अमेरिकामा अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना गरेको छ । कोरोना भाइरसको महामारीका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो बनाइएको भएपनि मेमा रोजगारी सृजना अपेक्षाकृत कम भएको हो । सो अवधिमा रोजगारदाताहरुले ५ लाख ५९ हजार नयाँ कर्मचारी भर्ती गरेका छन् । विशेषतः रेष्टुराँ, बार र होटलहरुमा कर्मचारीको माग बढ्दा रोजगारी सृजना बढेको हो । सो अवधिमा अर्थतन्त्रले ६ लाख ७५ हजार रोजगारी सृजना गर्ने अपेक्षा अर्थशास्त्रीहरुले गरेका थिए । यद्यपि, समीक्षा अवधिमा बेरोजगारी दर भने अप्रिलको ६… पुरा पढौ

अमेरिकास्थित न्याकको अध्यक्षमा चिकित्सक मदन उप्रेती निर्वाचित

अमेरिका अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा चिकित्सक मदन उप्रेती(डा)निर्वाचित भएका छन् । साथै उनको नेतृत्वमा सर्वसम्मतिबाट एघार सदस्यीय समिति समेत गठन भएको छ । यसै गरि ११ सदस्यीय बोर्ड अफ ट्रस्टी (गुठी समिति)समेत गठन भएको छ । गुठीको सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)सन् २०१९ मा मात्र स्थापना भएको सामुदायिक केन्द्र हो । अन्तिम समयमा निर्वाचन सुरु हुनु भन्दा एक घण्टा अगाडी मात्र सर्वसम्मतिमा पुग्न सफल भै… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com