अमेरिका मध्यावधि परिणाम : अपेक्षा अनुरूप देखिएन ‘रिपब्लिकन लहर’, डेमोक्रेट्सले दियो कडा टक्कर

-


     नेपालय न्युज    
     कार्तिक २४ गते २०७९


अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन ।

मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपी तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

अहिलेसम्म घोषित परिणाममा ४३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकनले २०७ सिट जितेका छन् भने सत्तारुढ डेमोक्रेट्सले १७८ सिट जितेका छन् । प्रतिनिधिसभामा २१८ सिटले बहुमत पुग्दछ । माथिल्लो सदन सिनेटमा अहिलेसम्म रिपब्लिकनले ४९ सिट पुगेको छ भने डेमोक्रेट्सको ४८ सिट पुगेको छ ।

जर्जिया, नेभेदा र एरिजोनामा जसले जित निकाल्छ उही दलको सिनेटमा बहुमत पुग्ने छ । संसदीय चुनावमा जुन हिसाबले रिपब्लिकनको लहर चल्ने अनुमान गरिएको थियो त्यो नहुँदा राष्ट्रपति जो बाइडेनलाई भने राहत मिलेको विश्लेषण गरिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com