अमेरिका सेरोफेरो

हमास–इजरायल युद्धमा अमेरिका इजरायलको साथमा रहेको बाइडनको उद्घोष

अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताउनुभएको हो । इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदा आक्रमणको घोर निन्दा समेत गर्नुभएको छ । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले इजरायलका लागि थप सैन्य सहयोग दिने बाचा समेत गर्नुभएको छ । इजरायलका लागि सैन्य सहायता स्वरुप ३ करोड ८० लाख उपलब्ध गराईसकेको छ । कतिपय आलोचकले भने… पुरा पढौ

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट

अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको छ । मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको हो । सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो । त्यस्तै मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गर्नुभयो । सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर… पुरा पढौ

अमेरिकाले इजरायललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री

वासिङ्टन । हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । “इजरायलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजरायलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो ।” दशकौँमा भएको पछिल्लो… पुरा पढौ

न्यूयोर्कमा शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय!’ कृति विमोचन

न्यूयोर्कको क्विन्स ज्याक्सन हाईटस्थि भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनमा सोहि च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रिय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको थियो। लोकार्पण कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका चिरपरिचित वरिष्ठ कानुनविद् तथा आध्यात्मिक चिन्तनमा लागिरहनु भएका साहित्यकार बिनोद रोकाज्यूले गर्नु भएको थियो, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार राजन महर्जनज्यूको सभापतित्वमा भएको कार्यक्रमको शुरूवात च्याप्टरका महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो भने च्याप्टरकै उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत… पुरा पढौ

अमेरिकी सभामुख बर्खास्त, आफ्नै पार्टीका सांसदले पनि दिएनन् पक्षमा मत

अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् । मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो । सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए । डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि… पुरा पढौ

दिल्लीमा घोषणा भएको नयाँ करिडोरले बीआरआईलाई प्रतिस्थापन गर्ला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक रेडियो अन्तर्वार्तामा जी-२० सम्मेलनको साइडलाइन वार्तामा नयाँ कोरिडोरको प्रस्ताव गरेको खुलासा गरेका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘आगामी शताब्दीको विश्वव्यापारको ढुवानीका लागि नयाँ कोरिडोर दिल्ली आधारित हुनेछ ।’ युरोपलाई एशियासँग रेल र अन्य ढुवानी सञ्जालबाट जोड्न यो परियोजना प्रस्ताव गरिएको हो । यो परियोजना चीनको बीआरआईको काउन्टर रहेको विज्ञहरु बताउँछन् । फरेन पोलिसी म्यागेजिनका सम्पादक रवि अग्रवालले भनेका छन्, ‘साइडलाइन वार्तामा अघि सारिएको यो प्रस्ताव चीनको परियोजनाको विकल्पमा अमेरिकी स्वार्थ पूर्तिका लागि हो।’ यस… पुरा पढौ

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा सुरु

अमेरिका । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् । संयुक्त युद्ध अभ्यास यही असोज २१… पुरा पढौ

ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा हुन् : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पमाथि अमेरिकी संविधानलाई बरबाद पार्ने षड्यन्त्र रचेको आरोप लगाउँदै उनको आलोचना गरेका छन् । रिपब्लिकन नेता जोन म्याकेनको सम्मानमा आयोजित एक कार्यक्रममा बाइडेनले पूर्व राष्ट्रपति र उनका समर्थक लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । बाइडेन सरकारको कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्ने बारे कुनै स्पष्ट योजना छैन । यस सङ्कटको बिच बाइडेनले रिपब्लिकन पार्टी अतिवादीसँग डराइरहेको बताएका छन् । उनले ट्रम्पको पुनः मतदानको अभियान प्रतिशोधबाट प्रेरित भएको बताए । एजेन्सी पुरा पढौ

जङ्गल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जङ्गल छ । जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश… पुरा पढौ

भिसा बिनै इजरायलीलाई अमेरिका प्रवेश गर्न दिने घोषणा

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा ९प्रवेशाज्ञा० बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ । ‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com