न्यूयोर्कमा शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय!’ कृति विमोचन

-


     नेपालय न्युज    
     असाेज १९ गते २०८०


न्यूयोर्कको क्विन्स ज्याक्सन हाईटस्थि भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनमा सोहि च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रिय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको थियो।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका चिरपरिचित वरिष्ठ कानुनविद् तथा आध्यात्मिक चिन्तनमा लागिरहनु भएका साहित्यकार बिनोद रोकाज्यूले गर्नु भएको थियो, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार राजन महर्जनज्यूको सभापतित्वमा भएको कार्यक्रमको शुरूवात च्याप्टरका महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो भने च्याप्टरकै उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तन्यका साथ निरन्तरता दिनुभएको थियो । साहित्य अनुरागीहरूले खचाखच भरिएको कार्यक्रममा कलाकार अभय ढुंगेलले नेपाली राष्ट्रियगान र मिली श्रेष्ठले अंग्रेजी राष्ट्रियगान गाउनुको साथै प्रमुख अतिथिले पानसमा बत्ती बाल्नु भएको थियो ।

विशेष अतिथिहरूमा अनेसासका केन्द्रीय उपाध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठ, अनेसास बोर्ड अफ ट्रष्टिजका पूर्व अध्यक्ष एवं साहित्यकार गीता खत्री,
अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्य तथा समालोचक साहित्यकार रश्मी भट्ट, स्रष्टा शकुन ज्ञवालीका श्रीमान् बिमल सापकोटा र नेपालबाट आउनु भएकी वरिष्ठ लोक गायिका /प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ गायक पदम राज ढकाल,
सॅगितकर्मी /साहित्यकार हनिफ मियॅा र राम बहादुर कोइराला हुनुहुन्थ्यो। अनेसास न्यूयोर्क च्याप्टरले स्रष्टा शकुन ज्ञवाली र उहॅाको श्रीमान् बिमल ज्ञवालीलाई खादा र दोसल्ला ओढाएर फूलको गुच्छाले सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गरेको थियो।

यसै क्रममा स्रष्टालाई तारा-किशन फाउन्डेसनकी संरक्षक तारा धामीले मायाको चिनो प्रदान गर्नुभएको थियो भने सप्तरङ्गी साहित्य प्रतिष्ठान पोखराले नेपालबाट ल्याएको सम्मान-पत्रले सम्मान गरेको थियो। उपस्थित सबै महानुभावहरूले फूल, खादा र मालाबाट बधाई तथा शुभकामना दिएका थिए।

प्रतिकूल मौसमको बाबजुद पनि न्यूयोर्क वरिपरिबाट मात्र नभई न्यूयोर्क बाहिरबाट पनि साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बोस्टनबाट आउनुभएका अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, पूर्व अध्यक्ष याम पौड्याल, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष तथा साहित्यकार आनन्द श्रेष्ठ, टुटुल्को डट कमका प्रधान सम्पादक पत्रकार ज्योति कुमार श्रेष्ठ, खसोखासका प्रधान सम्पादक किशोर पन्थी, गुल्मी समाजका अध्यक्ष भिम पन्थ, न्यूयोर्क मेयरका दक्षिण एसियाली सल्लाहकार तथा नेपाली समाजका सकृय समाजसेवी रियल्टर तथा त्रिवेणी इन्टरटेन्मेन्टका संस्थापक नवराज केसी, गोर्खा समाज तथा त्रिवेणी इन्टरटेन्मेन्टका संस्थापक, रोटरी क्लबका निबर्तमान अध्यक्ष तथा सकृय समाजसेनी खाम भट्ट, अङ्ग्रेजी लेखक तथा विभिन्न युनिभर्सिटीमा अध्यापन गराई रहनु भएका प्रा.डा राजन थपलिया, नेपाली साहित्यमा छुट्टै पहिचान बनाउनु भएका कवि किशन सिॅह धामी,शेर्पा एशोसियनका पूर्व अध्यक्ष उर्गेन शेर्पा , एन .आर .एनए न्यूयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा , एन.आर .एन ए न्यूयोर्क च्याप्टर पूर्व महासचिव तथा गोर्खा समाजका सकृय समाजसेवी दण्डपानी लामिछाने प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय महिला विभाग प्रमुख साहित्यकार कुन्ति थापा, अनेसास न्यूयोर्क च्याप्टर पूर्व महासचिव वन्दना कोईराला, साहित्यकार कमला प्रसाई ,पूनम पाण्डे, कलाकार संगीता उप्रेती, फोटोग्राफर अशोक पन्त ,नवराज खड्का , पूष्पा अधिकारी नेपाली भाषा तथा सॅस्कृति केन्द्रका सन्चालिका आदर्श गुरूआमा तथा साहित्यकार पद्मा लिंखा मगर, साहित्यकार डा. गोविन्द कोईराला, न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष शान्ता घिमिरे अधिकारी ,पूर्व अध्यक्ष ज्योति पौड्याल, पूर्व कोषाध्यक्ष बेदा खरेल, कलाकार बिमल डॅागी , निशा सुनार , साहित्यकार विजया सिंखडा,तुल्सी चित्रकार , लेखक पासाङ शेर्पा, सुनिता हमाल, च्याप्टरका कार्यकारिणी सदस्यहरू गायिका सिर्जना लामा, साहित्यकार शारदा क्षेत्री , कोषाध्यक्ष मेनका पराजुली , सचिव नादिया लिवाङ् , ज्योति राई , हरिष हमाल , राम पन्त ,सुनिता हमाल , सूर्य सिॅखडा, भावना सिंखडा, पुष्पा अधिकारी, जीवन तिमिल्सिना , महादेव त्रिपाठी , इरिना श्रेष्ठ , विश्व थापा , मेनुका रोक्का ,काशी श्रेष्ठ , अनुज श्रेष्ठ, अनुष्का ज्ञवाली , आज्ञा ज्ञवाली , पवित्रा दास, कन्चन शर्मा , गीता पोखरेल ,खुमा अधिकारी , उत्तम पान्डे , ससाङ् लामा लगायत थुप्रै भद्र भलादमीको उपस्थिति रहेको थियो ।

स्रष्टा शकुन ज्ञवालीको यसभन्दा अगाडि आयुष ,तिमी र म , भन्दिनु है बा र पालुवा र मन्जरी गरि पॅाचवटा पुस्तकहरू प्रकाशित भैसकेका छन् । प्रष्ट वक्ता समालोचक तथा साहित्यकार रश्मि भट्टले ‘खबरमा छु प्रिय!’ को संक्षिप्त रूपमा समीक्षा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यतिर वरिष्ठ लोक गायिका / प्राज्ञ हरिदेवी कोईराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ गायक पदम ढकालका मीठा मीठा गीतहरुले रौनकता थपेको थियो ।प्रतिकूल मौसम र आफ्नो व्यस्त समयको बावजुद पनि उपस्थित भएर कार्यक्रम सफल पारिदिनु भएकोमा सबैलाई धन्यवाद दिॅदै सभापति राजन महर्जनले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com