म्यान्चेष्टर युटाइडेड किन्न लागेका हुन् मस्क ?

-


     नेपालय न्युज    
     भाद्र १ गते २०७९


अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कले बेलायतको फुटबल क्लब म्यान्चेटर युनाइटेड (म्यान यु) किन्ने बताएका छन् । बुधवार उनले एक ट्विटमा यस्तो बताएका हुन् ।

अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्ने प्रस्तावले कानूनी झमेला निम्त्याइरहेकै समयमा अब मस्कको आँखा म्यान यु तिर लागेको छ । उनले रिपब्लिकन पार्टीको आधा वाम पक्ष र डेमोक्रेटहरूको आधा दपिक्षणपन्थीहरूको समर्थन गर्ने ट्विटमा भनेका थिए । त्यसलगत्तै उनले अर्को ट्विटमा भने आफूले म्यान यू किन्न लागेको बताएका थिए ।

मस्कले के कुरा मजाकमा भनेका हुन् अनि केचाहिँ साँच्चै भनेका हुन् यसबारे कसैले पनि बताउन सक्दैन । उनको सो ट्विटले अहिले म्यान यूलाई तरंगित बनाएको छ । हालैका वर्षमा क्लबको प्रदर्शन खस्किएपछि यसका अहिलेका मालिक अमेरिकाका ग्लेजर परिवारको आलोचना बढेको छ । क्लबका फ्यानहरुबाट क्लब छाड्न ग्लेजर परिवारलाई दबाब बढिरहेको छ ।

यस्तोमा मस्कको पछिल्लो ट्विट केही क्षणमा भाइरल बनेको छ । उनको ट्विटमा हजारौं प्रतिक्रिया आएको छ । धेरैजसो इन्टरनेट प्रयोगकर्ता मस्कको ट्विटले ट्वाल्ल छन् । केहीले भने ट्विटर त किन्न सकेको छैन भन्दै उनको कुरा पत्याएका छैनन् । एक जनाले भने म्यान युका खेलाडीहरू अब अन्तरिक्षमा खतरा बन्ने जवाफ दिएका छन् । क्लबका खेलाडीहरूले यस्तै गरी नराम्रो खेल्दै गए भने तिमीले छूटमा क्लब पाउँछौं भनेर एक जनाले जिस्काएका छन् ।

मस्कले किन्छु भनेर कम्पनी नकिन्ने भएपछि अहिले मुद्धै हालेर भए पनि ट्विटरले मस्कलाई कम्पनी किन्न बाध्य पार्नतिर लागेको छ । मस्कले पनि कम्पनीको सो मुद्दाविरुद्ध प्रतिदाबी दिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com