गण्डकी सेरोफेरो

ड्रागन बोट रेसको उपाधि चिनिया टिमलाई

पोखरा । पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो । नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद… पुरा पढौ

पोखरा पर्यटन परिषदको रोपाईं महोत्सव पोखरा १३ कसेरीमा हुने

पोखरा, ८ असार । पोखरा महानगरपालिका वडा नं.१३ डुम्रीबोट कसरीमा १८ औं संस्करणको रोपाईं महात्वसब हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिका कृषि विकास महाशाखा, वडा स्तरीय कृषि सञ्जाल वडा नं.१३ र वडा स्तरीय कृषि सञ्जाल वडा नं.२८ को समन्वयमा यस वर्षको असारे रोपाइँ राष्ट्रिय धान दिवस असार १५ मा पोखरा १३ को कसेरीमा हुने भएको छ । “पोखराको सबै मौसमका लागि” भन्ने नाराका साथ आयोजना गर्न लागिएको असारे रोपाईं महोत्वसले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य… पुरा पढौ

पोखरामा ड्रागन बोट रेस महाेत्सव शुरु, ‘चिनियाँ पर्यटक बढाउने लक्ष्य’

पोखरा । पर्यटकीय नगरी पोखरामा 'नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव' शुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । महोत्सवअन्तर्गत फेवाताल किनारमा ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल र चीनका चार-चार टोली सहभागी छन् । प्रतियोगितामा देशका सातै प्रदेश र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट… पुरा पढौ

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी पुरा ः महोत्सवको अवलोनका लागि सारा पोखरेलीलाई आव्हान

असार ७,पोखरा, पोखराको फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार ८ र ९ गते हुने प्रतियोगितामा चीनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम… पुरा पढौ

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको… पुरा पढौ

काठमाडौं विश्वविद्यालयसँग शैक्षिक सुधारका लागि पोखराका हिलप्वाइन्ट सहित ७ विद्यालयको सम्झौता

पोखरा : विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण पद्धतिमा सुधार ल्याउने उद्देश्यका साथ पोखराका निजी क्षेत्रका ७ विद्यालयले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेका छन्। काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डिन डा बालचन्द्र लुइँटेल र पोखराका ७ विद्यालयले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे। हिलप्वाइन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी, हार्वड एकेडेमीका प्रिन्सिपल श्रीकृष्ण अधिकारी, पोखरा लर्नस एकेडेमीका प्रिन्सिपल विधान गौतम, सोसल पब्लिक स्कुलका निर्देशक खेम गुरुङ, प्रगति स्कुलका प्रिन्सिपल महेन्द्र थापा, भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोला र डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे।… पुरा पढौ

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको रामेश्वर योग साधना केन्द्र उदघाटन

पोखरा । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले पोखरा ११ फुलवारीमा रामेश्वर योग साधना केन्द्र सन्चालनमा ल्याएको छ । योग केन्द्रको उदघाटनमा वोल्दै पोखरा महानगरपालिका ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले विश्व शान्ति तथा अध्यात्म समाजले पोखरा ११ मा आफ्नो केन्द्र सन्चालन गरेकोमा खुशी लागेको बताउदै वडा कार्यालयको तर्फबाट  समाजलाई सक्दो सयोग गर्ने प्रतिवद्वता प्रकट गरेका थिए । कार्यक्रममा जुमबाट शुभभाव वोल्दै आचार्य श्री राजन आचार्यले प्रकृतिको सुन्दर खानी पोखरा ऋषि भुमि तपो भुमि पोखरामा विश्व शान्ति तथा अध्यात्म… पुरा पढौ

हिल प्वाइन्टका विद्यार्थीद्धारा प्रत्यक्ष मान्छेको चित्र कोर्दै प्रदर्शनी

पोखरा । पाेखरा १२ माटेपानिमा रहेकाे हिल प्वाइन्ट मा वि काे ललितकला (Fine Arts) विभागको प्रायोगिक कक्षाका रुपमा एकदिने प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम सम्पन्न भएको छ । चित्रकारले आफ्नो ग्यालरी वा घरमा हैन कि बाहिर जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल उनैको चित्र बनाएर उनैका हातमै दिने रमाइलो पक्ष वा विशेषता कार्यक्रमको रहेको थियो । कार्यक्रमका लागि बागलुङ कालिका मन्दिरको आँगन र कुश्मा अग्लो झोलुङ्गे पुलनेरको स्थान चयन भएको थियो । लाइव पोट्रेट, लाइव स्केच, चित्रकला कार्यशाला र… पुरा पढौ

हिल प्वाइन्ट स्कुलद्धारा वातावरण दिवसकाे अवसरमा विद्यार्थीलाई सामाजिक तथा शैक्षिक प्रशिक्षण

पाेखरा । पोखरा १२ माटेपानीमा रहेकाे हिल प्वाइन्ट माविले विश्व वातावरण दिवसको अवसर पारेर आफ्ना विद्यार्थीलाई सामाजिक पारिवारिक शैक्षिक जीवनमा प्रभाव पर्ने गरी संस्कारमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । कक्षा १० का विद्यार्थीले सुव्रत सिग्देल र गायत्री थापाको नेतृत्वमा आफ्नो खाजाखर्च बचत गरेर संकलन गरिएको रकममा विद्यालय एवम् शिक्षकहरुको समेत योगदान थपेर पोखरा ३२ लामेआहाल स्थित राधाकृष्ण वृद्धाश्रममा ६५ जना ज्येष्ठ नागरिकलाई फलफूल, चिनी, चियापत्ती आदि खाद्यपदार्थ वितरण गरिएको थियो ।  बच्चाहरु एवम् हजुरबा हजुर आमाबिच सम्बन्ध विकसित होस् भनी… पुरा पढौ

सोंथर बेँसी टारी बजार मेला पुनः आयोजना गरिंदा स्थानीय निकै उत्साहित

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ८ नागीधार पाखुरीकोट  १० को भाचोक गाउँको संगम  बेँसीमा लामो समयपछि पुनः सोंथर बेँसी विकास समितिको आयोजनामा २०७९ फागुन १ , २ र ३ गते सम्पन्न एतिहासिक सोंथर बेँसी टारी बजार कृषि ,पर्यटन, खेलकुद तथा संस्कृति मेलाको आयब्यय सार्वजनिक गरिएको छ । पोखराको नादा तमु समाजमा मेलाका सहयोगी दाताहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु सहभागी एक कार्यक्रम विच आयब्यय सार्वजनिक गरिएको हो । कुल आम्दानी ७ लाख ४६ हजार ४ सय ५८, कुल खर्च… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com