पोखरा ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले पोखरा ११ फुलवारीमा रामेश्वर योग साधना केन्द्र सन्चालनमा ल्याएको छ ।
योग केन्द्रको उदघाटनमा वोल्दै पोखरा महानगरपालिका ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले विश्व शान्ति तथा अध्यात्म समाजले पोखरा ११ मा आफ्नो केन्द्र सन्चालन गरेकोमा खुशी लागेको बताउदै वडा कार्यालयको तर्फबाट समाजलाई सक्दो सयोग गर्ने प्रतिवद्वता प्रकट गरेका थिए ।
कार्यक्रममा जुमबाट शुभभाव वोल्दै आचार्य श्री राजन आचार्यले प्रकृतिको सुन्दर खानी पोखरा ऋषि भुमि तपो भुमि पोखरामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको कार्यालय तथा योग साधना केन्द्र सन्चालनबाट नेपाललाई गुरू देश भनेर चिनाउने समाजको उध्यश्यलाई टेवा पुग्ने बताए ।
कार्यक्रममा भास्कर स्कुलका प्राचार्य विश्वराज वास्तोला विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका केन्द्रिय नेपाल संयोजक दिर्घ गिरी, संगठन प्रमुख गगाराज सुवेदी लगाएतले बोलेका थिए ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका गण्डकी प्रदेश अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष शुसिला ढुङानाले गरेकी थिईन भने कार्यक्रम सन्चालन प्रदेश महासचिव वसन्त बरालले गरेका थिए ।