गण्डकी सेरोफेरो

कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष फेन्सी तथा रेडिमेड व्यवसायी संघको ज्ञापन पत्र

पोखरा ०२ जेठ । फेन्सी तथा रेडिमेड व्यावसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । अहिलेकाे विषम परिस्थितिमा यथाशिघ्र छिटाे भन्दा छिटाे खाेपकाे प्रवन्ध मिलाई दिनुहुन र लकडाउन एवं निषेधाज्ञा रहिरहे फेन्सी तथा रेडिमेड व्यावसायलाई समय व्यावस्थापन गरी खुल्ला गर्नका निम्ती सहजीकरण गरिदिन आग्रह गर्दे जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम समक्ष सघका अध्यक्ष राजु पाैडेल लगाएतको टोलिले ज्ञापन पत्र बुजाएको हो । कोरोना महामारीका कारण जीवनयापन कष्टकर बन्दै… पुरा पढौ

गण्डकी प्रदेश सरकारको कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

पाेखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो । कोभिड–१९ को महामारीबाट सिर्जित समस्याहरूको सम्बोधन गर्नका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रम सवलीकरण, समन्वय र सहयोग गरिने उहाँले… पुरा पढौ

कास्कीमा असार ७ सम्म निषेधाज्ञा थपियो,पुस्तक पसलहरु खोल्न पाउनुपर्ने व्यवसायीको माग

पोखरा । कास्की जिल्लामा जेठ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी असर ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै यस अघि लागु गरेको निषेधाज्ञामा निर्माणजन्य पसललाई केहि खुला गरी निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण… पुरा पढौ

व्यवसायीलाई छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न फेन्सी तथा रेडिमेड व्यवसायीको आग्रह

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की पोखराले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारी समक्ष संघले ज्ञापन पत्र बुझाएको छ । कोरोना महामारीका कारण जीवनयापन कष्टकर बन्दै गईरहेको र व्यवसाय बन्द गरेर बस्नुपरेको यो बिषम परिस्थितीमा संक्रमणबाट जोगिने सुरक्षात्मक उपाय खोप रहेकोले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न संघले आग्रह गरेको छ । संघका अध्यक्ष राजु पौडेलले भने “लामो समयको लकडाउनका कारण व्यवसायी दुःख पिडा र अभावले प्रताडित छन् । यो अवस्थामा लकडाउन खुकुलो बनाउनुपर्नेमा अवस्थामा लकडाउन र… पुरा पढौ

कर्मशील कृष्णचन्द्र ः शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागको पर्याय हुन् ।संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी… पुरा पढौ

कास्कीका पत्रकारलाई कोरोना खोप उपलव्ध गराउन महासंघको माग

पोखरा,२६ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गर्नुभएको हो ।जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य… पुरा पढौ

मुख्यमन्त्री गुरुङले भाेलि विश्वासकाे मत लिने

२६ जेठ पाेखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भाेलि जेठ २७ गते प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । उनले याे प्रस्ताव हिजाे संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बैशाख २९ गते मुख्यमन्त्रीकाे सपथ लिएका गुरुङ दाेश्राे पटक मुख्यमन्त्री बनेकाे भाेलि ३० दिन पुग्दैछ । अहिलेसम्म मुख्यमन्त्रीले विश्वासकाे मत पाउने नपाउने टुङ्गाे छैन… पुरा पढौ

पोखराका विपन्न परिवारलाई विवेकशील साझाको खाद्यान्न

पोखरा । विवेकशील साझा पार्टीले खाद्यान्न अभाव समस्या भोगेका झण्डै १ सय परिवारलाई राहत सहयोग गरेको छ । अति विपन्न, श्रमिक, मजदुर, फरक क्षमता भएका नागरिकलाई लक्षित गरी खाध्यान्न वितरण अभियान गरिएको विवेकशील साझा पार्टी पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए । पश्चिमांचलन क्षेत्रीय अस्पतालमा कोभिड बिरामीलाई लक्षित गरी आयोजना गरिएको ‘तातो भात अभियान’ लाई प्रशासनले रोकेपछि पार्टीले राहत तथा खाद्यान्न वितरण कार्यक्रमलाई गत आइतबारबाट संचालनमा ल्याएको हो । कोभिड महामारीको दोश्रो लहर सुरु भएपछि पार्टीले कोभिड रेस्पोन्स टिम… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com