
पोखरा । पाेखरा १२ माटेपानिमा रहेकाे हिल प्वाइन्ट मा वि काे ललितकला (Fine Arts) विभागको प्रायोगिक कक्षाका रुपमा एकदिने प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम सम्पन्न भएको छ ।
चित्रकारले आफ्नो ग्यालरी वा घरमा हैन कि बाहिर जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल उनैको चित्र बनाएर उनैका हातमै दिने रमाइलो पक्ष वा विशेषता कार्यक्रमको रहेको थियो ।
कार्यक्रमका लागि बागलुङ कालिका मन्दिरको आँगन र कुश्मा अग्लो झोलुङ्गे पुलनेरको स्थान चयन भएको थियो ।
लाइव पोट्रेट, लाइव स्केच, चित्रकला कार्यशाला र चित्रकला प्रदर्शनी चारवटा विधा एकैपटक सञ्चालित सो कार्यक्रममा कक्षा ११ का विद्यार्थीका साथै शिक्षक बाबुराम बस्ताकोटी, सुरेन्द्र अधिकारी र सुदिन श्रेष्ठको संलग्नता रहेको थियो ।कार्यक्रममा सर्वसाधारण जनताको चाख र उपस्थितिका बीचमा विद्यार्थीले चित्र बनाएर वा बेचेर अर्थलाभ पनि गरेका थिए ।