अमेरिकामा अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना

-


     नेपालय न्युज    
     जेठ २५ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो बनाइएको भएपनि मेमा रोजगारी सृजना अपेक्षाकृत कम भएको हो । सो अवधिमा रोजगारदाताहरुले ५ लाख ५९ हजार नयाँ कर्मचारी भर्ती गरेका छन् । विशेषतः रेष्टुराँ, बार र होटलहरुमा कर्मचारीको माग बढ्दा रोजगारी सृजना बढेको हो ।

सो अवधिमा अर्थतन्त्रले ६ लाख ७५ हजार रोजगारी सृजना गर्ने अपेक्षा अर्थशास्त्रीहरुले गरेका थिए । यद्यपि, समीक्षा अवधिमा बेरोजगारी दर भने अप्रिलको ६ दशमलव १ प्रतिशतबाट घटेर ५ दशमलव ८ प्रतिशतमा आएको छ ।

समग्रमा गत महीना ९३ लाख मानिसहरु बेरोजगार छन् । यो गत वर्षको अप्रिलको तुलनामा निकै कम भएपनि सन् २०२० को फेब्रुअरीमा महामारी शुरु हुनु अघिको बेलाभन्दा चाहीं धेरै हो । त्यति बेला ५७ लाख बेरोजगार थिए ।

महामारीका बेलामा सबैभन्दा मारमा आतिथ्य र शिक्षा लगायत केही क्षेत्र निकै मारमा परेका थिए । तर खोप कार्यक्रम अगाडि बढेको र प्रतिबन्धहरु खकुलो भएसँगै यी क्षेत्रमा उल्लेख्य रुपमा रोजगारी सृजना भइरहेको छ । रेष्टुराँ, क्याफे र बारमा २ लाख ९२ हजार रोजगारी थपिएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com