गण्डकी सेरोफेरो

पोखराको ताल बाराही मन्दिर ९ करोडको लागतमा पुन:निर्माण हुँदै

पोखरा / पोखराको गहनाको रुपमा रहेको ताल बाराही मन्दिर पुनस्निर्माण भैरहेको छ । मन्दिर परिसरलाई व्यवस्थित बनाउनको मास्टर प्लान बनाएर सोही अनुसार कार्य सुरु गरिएको हो । यसैक्रममा बिहीबार मूल मन्दिरको जग पुजा शुभारम्भको काम धार्मिक विधिअनुसार गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा जग पुजा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा धार्मिक विधि भागवत भाष्कर कमल नयन गौतमले पुरा गराएका थिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले ताल बाराही मन्दिर पोखराको गहना भएको बताए । मन्दिर… पुरा पढौ

दशैँ,तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशत सम्म छुट पाइने

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो… पुरा पढौ

एनआरएनएको बिषेश सयोगमा पोखराको महेन्द्रपूलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका लागि मूल्य भन्दा… पुरा पढौ

पोखराको वडा नम्बर ५ मा फुटबल र दौड प्रतियोगिता हुने

पोखरा असोज २३ / पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ–दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोजको २६ गतेदेखि २८ गतेसम्म मालेपाटनमा रहेको खेल मैदानमा सञ्चालन हुनेछ मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा फुटबल र दौड गरेर दुई खेलमा प्रतिष्पर्धा हुनेछ।फुटबलमा टोल स्तरीय प्रथम सेभेन ए साइड हुने छ भने सो खेलको उद्घाटन असोज २६ गते बिहान ८ बजे हुनेछ ।… पुरा पढौ

नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता

पोखरा, २२ असोज । नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो । “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम… पुरा पढौ

रिडर्स कर्नरमा शुरू भयो किताब मेला

पोखरा — पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो। रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई… पुरा पढौ

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

पोखरा, असोज १९ गते । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् । सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिए । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई सोंपाल… पुरा पढौ

पोखरा-२८,कालिकामा माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका -२८ कालिकाले माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा न. २८ , पोखरा महानगरपालिका कृषि तथा पशु विकास महासाखा र रन टु-सेभ सोइल नेपाल नामक संस्थाको समन्वयमा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको प्राविधिक सहयोगमा माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी विविध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। अन्तरक्रिया कार्यक्रमको अध्यक्षता वडा न. २८ कृषि सञ्जालका उपाध्यक्ष राधिका देवी पौडेलले गर्नुभएको सो कार्यक्रमको प्रमुख अथिति पोखरा २८ का… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो । जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको… पुरा पढौ

पोखरामा बन्दै गरेको झण्डापार्क फराकिलो स्थानमा राख्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुन्छ की ?

रवीन्द्र माकाजू । पर्यटकीय नगरी पोखराको मुटु महेन्द्रपुल अर्थात् भीमसेनचोकमा अन्तर्राष्ट्रिय झण्डापार्क बन्दैछ, जो सबै पोखरेलीका लागि हर्षको विषय हो । लाग्छ यहाँ झण्डापार्क बनाउनुको आशय नेपाल घुम्न आएका पर्यटकलाई नेपालको असंलग्न परराष्ट्र नीतिको परिचय दिनु मात्र नभएर विश्वका हरेक नागरिकसँग नेपालीको ‘वसुधैव कुटुम्बकम्’ को परिचय दिनु पनि हो । अर्थात् जो नेपाल घुम्न आउँछन् उनीहरु यस स्थललाई भिजिट गरुन् जहाँ उनीहरुले आ–आफ्ना स्वदेशको झण्डा देखेर गौरवान्वित होऊन् । संसारमा कुनै मानिस त्यस्तो छैन जसलाई मातृभूमि मातृभाषा, भेषभूषा, झण्डा, संस्कृति,… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com