गण्डकी सेरोफेरो

आहारारा पोखरा गोल्डकपको उपाधि पहिलो पटक आर्मीलाई

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ । प्रतियोगिताको २३औँ संस्करणमा शनिबार भएको फाइनलमा आर्मीले पहिलो पटक आहा रारा उपाधि जितेको हो । आर्मीले १२ लाख एक हजार रुपियाँसहित ट्रफी हात पारेको छ । सहारा क्लबको आयोजनामा हुने आहा रारामा आर्मीले पाँच वर्षअघि थ्रीस्टारसँग फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । आर्मी यसअघि आहा रारामा चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन । उपविजेता बनेको थ्रिस्टारले छ… पुरा पढौ

सोंथर बेँसी मेला सफल पार्न पोखरामा अन्तरक्रिया तथा छलफल

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते हुन गइरहेको दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला लाई सफल पार्न पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । मेला आयोजक सोंथर बेँसी विकास समितिले सो कार्यक्रम राखेर पोखरामा रहेका आफ्न शुभचिन्तक एवम् शुभेच्छुकहरुलाई मेलाको हालसम्मको तयारी बारे सबै जानकारी दिएको थियो ।… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई, मीना गुरुङ र हुम गुरुङलाई सम्मान

पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र… पुरा पढौ

द्रोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला फागुन १ र २ गते हुने

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ देखि २ गतेसम्म दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला हुने भएको छ । सोंथर बेँसी तथा त्यस आसपास क्षेत्रको प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको हो । मेलामा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला 5A साइड पुरुष फूटबल,… पुरा पढौ

हिल प्वाइन्टमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता

पोखरा । पोखरा १२ माटेपानिमा रहेको हिल प्वाइन्ट माध्यमिक विद्यालयले आउँदै गरेको ४३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता र चित्रकला प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। पोखराको सुन्दर,शान्त र रमणीय वातावरणमा एक मात्र Fine Arts Faculty रहेको र गुणस्तरीय शिक्षाका साथै शैक्षिक उन्नतिले छुट्टै पहिचान कायम गर्न सफल विद्यालय हिल प्वाइन्ट मा वि मा सम्पन्न उक्त कार्यक्रम विद्यालयका सह प्राचार्य गंगाराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुली बहादुर गुरुङले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको… पुरा पढौ

गौ सेवाका लागि महायज्ञ सुरु,५८ लाख बढी रकम सङ्कलन

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु।५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा ९वात्सायन क्षेत्र० मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन रु।७२ हजार ८३०, दोस्रो दिन रु।२ लाख ३४ हजार २ सय, तेस्रो दिन… पुरा पढौ

भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको अधिवेशन सम्पन्न

पोखरा । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यान बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसर्मत चयन गरेको छ । समितको उपाध्यक्षमा प्रेम बहादुर खत्री, महासचिबमा विष्णु मायाँ खत्री सचिवमा मेजन बहादुर खत्री कोषाध्यक्षमा गणेश बहादुर खत्री त्यसैगरी सदस्यहरुमा नारन बहादुर खत्री,श्याम बहादुर खत्री,सरस्वती खत्री,कमल खत्री,महेन्द्र बहादुर खत्री र नवराज केसी रहेका छन् । कार्यक्रमको उद्दघाटन गद्र्रे भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाका अध्यक्ष केशव… पुरा पढौ

‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन

पोखरा, पुस ५ पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङले गरेका छन् । गुरुङले उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्पका रूपमा मोफसलमै रहेर पनि फिस्टेल एकेडेमीले राम्रो अवसर दिएको विचार राखे । उद्घाटन मन्तव्य राख्दै उनले भने, ‘‘अहिले एउटा वर्ग आफ्ना सन्ततिलाई गुणस्तरीय र समयानुकूलको शिक्षा दिलाउनका लागि केन्द्र तथा विदेशतर्फ पलायन भइरहेको अवस्था छ तर त्यसको विकल्पका रूपमा मोफसलमा फिस्टेल एकेडेमी उदाएको… पुरा पढौ

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

पोखरा, मङ्सिर ३० गते । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको… पुरा पढौ

चितुवाले रित्यायो कालिज फार्म, १३ लाखको क्षति

पोखरा । गोरखाको पालुङटारस्थित एक कालिज फार्ममा आइतबार राति चितुवा पसेर ठूलो नोक्सानी पुर्‍याएको छ । पालुङटार नगरपालिका वडा नं. ९ लामागरास्थित गोरखा अर्गानिक एग्रो फार्ममा आइतबार राति चितुवा पसेर उक्त नोक्सानी पुर्‍याएको हो । चितुवाको आक्रमणबाट सोही फार्ममा काम गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.१, केराबारीका ४३ वर्षका रवीलाल बस्ताकोटीसमेत घाइते भएका छन् । उनको गोरखा अस्पतालमा प्राथमिक उपचार र चितवनमा थप उपचारपछि अहिले घर फर्किएका छन् । बस्ताकोटीको हात खुट्टामा चोट लागेको छ । सञ्चालक जीवन ढकालका अनुसार… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com