पोखराको वडा नम्बर ५ मा फुटबल र दौड प्रतियोगिता हुने

-


     नेपालय न्युज    
     असाेज २३ गते २०८०


पोखरा असोज २३ / पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ–दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता असोजको २६ गतेदेखि २८ गतेसम्म मालेपाटनमा रहेको खेल मैदानमा सञ्चालन हुनेछ मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा फुटबल र दौड गरेर दुई खेलमा प्रतिष्पर्धा हुनेछ।फुटबलमा टोल स्तरीय प्रथम सेभेन ए साइड हुने छ भने सो खेलको उद्घाटन असोज २६ गते बिहान ८ बजे हुनेछ । प्रतियोगितामा वडामा रहेका २४ वटै टोल विकास संस्थाले सहभागिता जनाउने भएको सेभेन ए साइड फटबल प्रतियोगिताका संयोजक प्रकाश पराजुलीले बताए। पराजुलीका अनुुसार फुटबल प्रतियोगितामा प्रथम हुनेलाई २६ हजार ६ सय ६६ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टीमलाई १३ हजार ३ सय ३३ रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै दौड प्रतियोगिताको लागि तीनवटा विधा छुट्याइएको छ । जसमा खुल्ला दौड पुरुष, खुल्ला दौड महिला र ६० वर्ष माथिका जेठ नागरिकबिच दौड प्रतियोगिता गरिनेछ । असोज २७ गते शनिबार बिहान पौने सात बजे सुरु हुने दौड प्रतियोगिताका सहभागीले वडा नं. ५ का विभिन्न मार्गहरु भएर ७ दशमलव २ किलोमिटरको दुरी पुरा गर्नुपर्ने खुल्ला दोड प्रतियोगिताका संयोजक निरञ्जन खत्री बताए ।
दौड प्रतियोगितामा ५ सय जनाको सहभागिता हुने अपेक्षा आयोजकले गरेका छन् । सबै विधाको दौड प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६६ रुपैयाँ, द्धितिय हुनेले ४ हजार रुपैयाँ र तृतीय हुनेले २ हजार ६ सय ६६ रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र हात पार्ने संयोजक खत्री खुलाए ।फुटबल र दौड दुवैतर्फ नाम र टीम दर्ता गर्न शुल्क लाग्ने छैन। प्रतियोगितामा भाग लिन पोखरा ५ मा स्थायी वा अस्थायी बसोबास गरेको भने हुनुपर्नेछ ।

इच्छुक वडावासी खेलाडीलाई असोज २४ गतेसम्म टीमदर्ता गर्न वडाले आग्रह गरको छ । टीम दर्ता गर्न वडा कार्यालयमा पुग्नुपर्नेछ ।‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक वडामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष विष्णु प्रसाद बरालले बताए ।पोखराको वडा नम्बर ५ खेलकुदको आधारभुमि भएको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा पूर्व वडाध्यक्ष धन बहादुर नेपाली, वडा सदस्य गोविन्द प्रसाद पराजुली, मणीराम बराल, कल्पना कुमारी थापा, हरिमाया विश्वकर्मा, खुल्ला दोड प्रतियोगिताका संयोजक निरञ्जन खत्री, सेभेन ए साइड फटबल प्रतियोगिताका संयोजक प्रकाश पराजुलीको लगाएतले वडाले गर्न लागेको खेलको महत्वको बारेमा बोलेको थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com