कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष फेन्सी तथा रेडिमेड व्यवसायी संघको ज्ञापन पत्र

-


     नेपालय न्युज    
     असार २ गते २०७८


पोखरा ०२ जेठ ।

फेन्सी तथा रेडिमेड व्यावसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।

अहिलेकाे विषम परिस्थितिमा यथाशिघ्र छिटाे भन्दा छिटाे खाेपकाे प्रवन्ध मिलाई दिनुहुन र लकडाउन एवं निषेधाज्ञा रहिरहे फेन्सी तथा रेडिमेड व्यावसायलाई समय व्यावस्थापन गरी खुल्ला गर्नका निम्ती सहजीकरण गरिदिन आग्रह गर्दे जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम समक्ष सघका अध्यक्ष राजु पाैडेल लगाएतको टोलिले ज्ञापन पत्र बुजाएको हो ।

No description available.

कोरोना महामारीका कारण जीवनयापन कष्टकर बन्दै गईरहेको र व्यवसाय बन्द गरेर बस्नुपरेको यो बिषम परिस्थितीमा संक्रमणबाट जोगिने सुरक्षात्मक उपाय खोप रहेकोले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न संघले आग्रह गरेको छ ।

कोरोना महामारीका कारण जीवनयापन कष्टकर बन्दै गईरहेको र व्यवसाय बन्द गरेर बस्नुपरेको यो बिषम परिस्थितीमा कोभिडका कारण विश्वको अर्थतन्त्र हलचल भएको छ । विश्वभरका मानिसहरू समस्यामा परेका छन् । नेपालीहरू पनि यसबाट अछुतो नरहेको बताउदै फेन्सी तथा रेडिमेड व्यावसायी संघ कास्कीका अध्यक्ष राजु पाैडेलले रोगले भन्दा नि भोकले मरिने अहिलेको अवस्था रहेको बताउदै पाैडेलले अहिलेको अवस्थामा लकडाउन खुकुलो बनाउनुपर्ने अवस्था रहेको र लकडाउन निशेधाज्ञाको समयम थप्दै लैजादा व्यवसायीहरु मारमा परेको बताए । पाैडेलले संक्रमणबाट जोगिने सुरक्षात्मक उपाय खोप रहेकोले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न र केही समय फेन्सी तथा रेडिमेड व्यवसायीलाई समय मिलाएर व्यापार व्यवसाय संचालन गर्न दिनको लागि पनि प्रशासनसँग आग्रह गरिएको बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com