पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की पोखराले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारी समक्ष संघले ज्ञापन पत्र बुझाएको छ । कोरोना महामारीका कारण जीवनयापन कष्टकर बन्दै गईरहेको र व्यवसाय बन्द गरेर बस्नुपरेको यो बिषम परिस्थितीमा संक्रमणबाट जोगिने सुरक्षात्मक उपाय खोप रहेकोले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष राजु पौडेलले भने “लामो समयको लकडाउनका कारण व्यवसायी दुःख पिडा र अभावले प्रताडित छन् । यो अवस्थामा लकडाउन खुकुलो बनाउनुपर्नेमा अवस्थामा लकडाउन र निशेधाज्ञाको समयम थप्दै लैजादा व्यवसायी मारमा छन्” । केही समय फेन्सी तथा रेडिमेड व्यवसायीलाई पनि केही समय व्यापार व्यवसाय संचालन गर्न दिनको लागि सम्वन्धित निकायसँग लविङ गर्न आग्रह गरिएको संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघका सल्हाकार तथा पुर्व अध्यक्ष केशबवहादुर खत्रीले व्यवसायीका दुःख पिडा आफुले पोखरा उद्योग वाणिज्य संघमा उठाइरहेकाे बताए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीलाई कोभिड १९ का कारण कुनै समस्या परेमा संघ सधैभरी साथमा रहेको महासचिव नारायणी दवाडीले बताईन् । फेन्सी तथा रेडिमेड व्यवसायी संघले पोखरा २५ हेम्जामा रहेको मानवसेवा आश्रमलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ ।