गण्डकी सेरोफेरो

पोखराका पुस्तक पसलमा ग्राहकको भीड

पोखरा । पोखरा– ७ जनप्रीय मार्गस्थित पुस्तक पसलमा ग्राहकको भीड । नयाँ शैक्षिक सत्र शुरु भएपछी पोखराका विभिन्न पुस्तक पसलमा विद्यार्थी तथा अभिभावकको भीड देख्न सकिन्छ । तस्वीरः रासस पुरा पढौ

मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार

पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो । करिब १९ लाख रुपैयाँको सामान खरिद गरेर हेलिकोप्टरमार्फत् चामे पठाउने व्यवस्था गरिएको छ ।सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै व्यहोरेको छ… पुरा पढौ

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन कांग्रेसको मुख्यमन्त्रीलाई ध्यानाकर्षण

पोखरा । डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई बुधबार एक कार्यक्रममा विच नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराइएको छ।डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड ३ मिटर गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्यालयमा नेपाली कांग्रेस वडा कार्य समिति पोखरा १७ का सभापति देवराज आचार्यले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मापदण्ड घटाउन अनुरोध गर्दै विज्ञप्ती हस्तान्तरण गरेका थिए।उक्त विज्ञप्तीमा पोखरा १७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला ९फेवा बाँध देखि डेभिजफल… पुरा पढौ

युआरएल हस्पिटलचोकमा सुगर जाँच सित्तैमा

पोखरा १५ असार । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएलको प्रधान कार्यालय न्युरोड पोखरामा छ… पुरा पढौ

कास्कीमा निषेधाज्ञा खुकुलो : खाद्यान्, फेन्सी, स्टेसनरी,भाँडा ,हार्डवयर पसलहरु विहान ११ देखि बेलुकी ६ बजेसम्म खोल्न पाइने,सार्वजनिक यातायातमा जोर विजोर प्रणाली

असार १४, पोखरा । कास्की जिल्ला प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार २५ गतेसम्म थप गरेको छ । प्रशासन कार्यलयले सोमबार आदेश जारी गर्दै नीजि तथा सार्वजनिक यातायातमा जोर विजोर प्रणाली लागू गरिने जानकारी दिएको छ । जिल्ला भित्र चल्ने सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू भएपनि लामो दुरीका सवारीसाधन भने चल्न पाउने छैनन् । यस्तै डिपार्टमेन्टल स्टोर ,खाद्यान्न पसल, सुनचाँदी पसल , स्टेशनरी , खेलकुद , भाँडा , अटोमोबाइल्स , कपडा तथा फेन्सी पसल र निर्माणजन्य सामाग्रीका पसलहरु… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रलाई नदेऊ

पोखरा, १३ असार, सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै मुख्यमन्त्रीले सम्पदाबारे उठाएका मुद्दामा आफ्नो ध्यानाकर्षण भएको… पुरा पढौ

युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा

पोखरा, १२ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । लायन्स क्लबदेखि अन्य सामाजिक संघ÷संस्थामा क्रियाशिल रहेका पन्तले उद्योगी÷व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता… पुरा पढौ

पोखरामा गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

पोखरा । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आपैmँ झरेको देख्दा अचम्भित बन्नुभयो । साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उहाँको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका… पुरा पढौ

पोखरा महानगरको बजेट (पूर्णपाठ)

सभाध्यक्षज्यू, गण्डकी प्रदेशका माननीय मुख्य मन्त्रीज्यू,सभासदज्यूहरु, पत्रकार मित्र, राष्ट्र सेवक कर्मचारीतथा उपस्थित सम्पूर्ण मानुभावहरु ड्ड पोखरा महानगरपालिकाको जननिर्वाचित प्रतिनिधिको रुपमा पाँचौ वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेश गर्न पाउँदा गौरव महसुस गरेको छु । जनताको सबै भन्दा नजिकको सरकारको रुपमा जनताको दैनिक जीवनसँग जोडिने यो बजेट तर्जुमा गर्दै गर्दा हामीले आम जनतासँग सामूहिक रुपमा गरेका बाचा तथा प्रतिबद्धताहरु, जनताको अपेक्षा र उपलब्ध स्रोत साधनलाई सन्तुलन मिलाउने अधिकतम् प्रयास गरेका छौं ।ड्ड पोखरा महानगरपालिकाको गरिमामय नवौं नगर सभामा उपस्थित भई आर्थिक… पुरा पढौ

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता ः मुख्यमन्त्री पोखरेल

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए ।संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उनले बताए… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com