कास्कीमा असार ७ सम्म निषेधाज्ञा थपियो,पुस्तक पसलहरु खोल्न पाउनुपर्ने व्यवसायीको माग

-


     नेपालय न्युज    
     जेठ ३० गते २०७८


पोखरा । कास्की जिल्लामा जेठ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी असर ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै यस अघि लागु गरेको निषेधाज्ञामा निर्माणजन्य पसललाई केहि खुला गरी निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि जेठ ३१ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञामा यस अघिको समयमा १ घण्टा थप गरी अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ५ बजे देखि १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् ।

ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ । यसपाली बिकास निर्माण जन्य सामाग्रीका पसलहरु ५ देखि ७ बजेसम्म खुल्ने भएका छन् ।

पुस्तक पसलहरु खोल्न पाउनुपर्ने व्यवसायीको माग

यसै विच आजै काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको भएता पनि ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरिएको थियो तर कास्कीमा भने पुस्तक पसलहरु खोल्न पाउने निर्णय नगरिएकोमा पुस्तक ब्यवसायीहरुले बिरोध गरेका छन् । आगामी शैक्षिक सत्र सुरु भइसक्दा पनि विधार्थीले पुस्तक किन्न नपाएको बताउदै पुस्तक ब्यवसायीहरुले कास्की प्रशासनसग यो निर्णायमा पुनरविचार गर्न आग्रह गरेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com