बुद्ध जयन्तीको अवसरमा विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले विश्व ध्यान दिवस मनाउदै

-


     नेपालय न्युज    
     जेठ ७ गते २०८१


“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल”
तेस्रो बिश्व ध्यान दिवस मनाउने सुबर अबसर

“मन र चित्तलाई शान्त बनाउन ध्यान गरौं । शान्ति बाहिर खोजेर भेटिंदैन । त्यो आफु भित्र खोज्नु पर्दछ । मनलाई शान्त बनाउनका लागि ध्यान सबै भन्दा उत्तम मार्ग हो । ध्यानबाट नै ज्ञानको प्राप्ती हुन्छ ।”संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष देखि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभू बाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संरक्षक विश्व योग गुरु श्रद्धेय आचार्य श्री राजन शर्मा गुरुज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो। त्यसैको निरन्तरताका साथ २०८१ साल जेठ १० गते बिहिबार (तदनुसार सन् २०२४ मे २३ तारिकका दिन) नेपाली समय विहान ५ बजे विश्वको ६० भन्दा वढि राष्ट्रबाट एकै साथ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विश्व योग गुरु आचार्य श्री राजन शर्मा गुरुज्यूको प्रत्यक्ष उपस्थितिमा तेस्रो विश्व ध्यान दिवस मनाउंदै छौ । ध्यान गरौं र जीवनलाई आनन्दित बनाऊँ । आउनुहोस् योगि, ध्यानी तथा सम्पूर्ण दिव्य मनहरुलाई हार्दिक निमन्त्रणा तथा स्वागत छ ।

जुम आइडिः 81882217949 र पासवर्ड रहेको छ क्यापिटल लेटरमा: gspss
https://us02web.zoom.us/j/81882217949?pwd=NGk3TGlIUEtzOFpxWkNsMUdreW5RZz09

WP2Social Auto Publish Powered By : XYZScripts.com